प्रकाश सपुतको पीरले तहल्का पिटेका बेला बोले दीपकराज गिरी पनि, गीत डिलिट गर्न दबाब दिएको विषयमा दिए यस्तो कडा जवाफ

काठमाडौ । यतिबेला पीर गीत ट्रेण्डिगंमा छ । बहुचर्चित गायक प्रकाश सपुतको पछिल्लो शृजना पीरले सांगीतिक क्ष्इोत्रमा मात्रै नभएर राजनीतिक वृतमा समेत हलचल मच्चाइदियो ।

माओवादी पिडितको कथालाई मुख्य विषयबस्तुमा आधारिक रहेर तयार पारिएको गीतलाई प्रचण्ड, पूर्व माओवादी नेता बाबुराम भट्राईले समेत सामान्य रुपमा लिन आग्रह गरिरहेका बेला माओवादीका केही नेताले सार्वजनिक रुपमै प्रकाश सपुतलाई गीत डिलिट गर्न चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा भइरहेको तर्क वितर्कका बीच यसै विवादमा कलाकार दीपकराज गिरीले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले गीत आफुलाई मन परेको बताउदै गीत बन्द गर्न दवाव दिनु गलत भएको धारणा राखेका छन् ।

दीपकले सामाजिक सञ्जालमार्फत गीतले आफ्नो मन छोएको र धेरैको मन छाएको हुनुपर्ने बताए । ‘केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखे’ उनले भने, ‘कुन चाँहि पार्टीमा केही मानिसको रजाई र केही मानिसको हरि बिजोक छैन रु’

कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ रु भन्दै प्रश्न गरेका दीपक अगाडि लेख्छन् ‘ उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तोसराप पनि उसैलाई गर्ने ? ’ गायक सपुतले गीत ‘पीर’ मा दशबर्षे स श स्त्र द्व न्द्वका परिणामको केही हिस्सा समेटेर ल्याएपछि विवादमा परेको हो ।

गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा ठिक र बेठिकका अनेक बहस भइरहेको छ । हेर्नुहोस् प्रकाशको पिर