एनआरएनएको केन्द्रिय उपाध्यक्षमा प्रकाश गुरुङको उम्मेदवारी

गैर आवासीय नेपाली संघको दशौं महाधिवेशन तथा निर्वाचन यही मार्च २४ र  २५ तारिखमा हुन गइरहेको छ | यसै महाधिवेशनलाई मध्यनजर गर्दै एनआरएनए अभियानमा युवा पुस्ताको सहभागिता बढाउँदै गतीशिल, पारदर्शी र सबै गैर आवासीय नेपालीको साँझा संस्था बनाउने हेतुले केन्द्रिय उपाध्यक्ष पदमा प्रकाश गुरुडले आफ्नो उम्मेदवारी दर्ता गराऊनु भएको छ । 275559232_4922798084453710_8409699758226758536_n.jpg

सन् २००५  बाट एनआरएनएमा आवद्द भई आफ्नो सक्रियता बढाऊदै आएका गुरुङ सामाजिक क्षेत्रमा अग्रस्थानमा छन् । सस्थाप्रतिको माया र आफ्नो निरन्तर कर्तव्य र जिम्मेबारी बहन गर्दै आएका गुरु एनआरएनएमा सन् २०१५-२०१७ र सन् २०१७-२०१९ सम्म दुई कार्यकल केन्द्रिय सदस्य पदमा बसेर आफ्नो जिम्मेबारी बहन गर्नुभउकाे थियाे । उनि थुप्रै सामाजिक संघ संस्थाहरु आवद्द भएर आफ्नो जिम्मेवारी बहन गर्दे अाएका छन् । यसअघि गुरुङ गोरखाली समाज युके नेपालका अध्यक्ष, ग्लोबल गोरखा समाजका अध्यक्ष रहेका थिए  भने उनी हाल ग्लोबल गोरखा समाजका संरक्षक रहेका छन् ।

उम्मेदवारी दर्ता गराएपछि कान्तिपुर पाटीसंग कुरा गर्दै उहाले भन्नु भयो “उम्मेदवारी दर्तासँगै मलाई विश्वभरिबाट निकै उत्साहका साथ सहयोगको बचनबद्धता ब्यक्त गर्न हुने सयौ साथीहरुले फोनबाट, म्यासेजबाट हौसला साथै सरसल्लाह सहयोग गरिरहनु भएको छ  । यो एक अभियान भएकाले निर्वाचनको क्रममा संसारभरि छरिएर रहनु भएको सम्पूर्ण साथीहरु साथै कहिले पनि नचिनेका साथीहरुसँग पनि सम्पर्क हुन पाउने एउटा सुभ अवसर पनि मिलेको छ । मैले यो अभियानलाई विशुद्ध चुनावी हिसावले भन्दा पनि विश्व संजाललाई सशक्त बनाउने माध्यमको रुपमा समेत बुझन थालेको छु । त्यसैले यो अभियानको क्रममा यहाँहरुले जसरी साथ, सहयोग गरिरहनु भएको छ त्यसरी नै अझै पनि तपाईले सेल्फी लिनु भएको छैन भने कृपय सेल्फी लिइदिनु हुन र निर्वाचन प्रक्रियामा सहभागि हुने अवसर नगुमाई दिनु हुन हार्दिक अनुरोध गर्दछु । साथै म उपाध्यक्षको लागि योग्य, सक्षम र सशक्त  विजयी उम्मेदवार भएको हुनाले सोहीअनुसार बुझीदिनु हुन र अत्याधिक बहुमतले विजयी गराइदिनु पनि म हार्दिक अनुरोध गर्दछु । धन्यवाद”