एमालेको निष्कर्ष : महाभियोग लम्ब्याउन गठवन्धन सरकारले संसद अधिवेशन अन्त्य गर्यो

काठमाडौं २ चैत । नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकले प्रधानन्यायाधी माथि लगाइएको महाभियोग लम्ब्याउन संसद अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको छ ।

आज बुधबार बसेको संसदीय दलको बैठकले गठवन्धन सरकारले अदालतलाई गिजोल्न महाअभियोग प्रस्ताव ल्याएको भन्दै अहिले लम्ब्याउने काम भइरहेको बताएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले दिएको जानकारी अनुसार ‘यसलाई जतिसक्दो लिंगरिङ गरेर ढिलो गर्ने, र पास हुन वा फेल हुन कुनै अवसर नै प्रदान नगर्ने काम सरकारबाट भएको बताएका छन् ।

यसलाई नंग्याउने काम एमालेले गर्ने उनले बताएका छन् । आफुसँग दुई तिहाइ मत नभएको जान्दा जाँन्दै पनि अदालतलाई गिजोल्ने काम गरेको एमालेले आरोप लगाएको छ ।