साढे १३ हजार रुसी सेना मारिएको युक्रेनको दाबी , रुस भन्छ- आफ्ना नागरिकलाई सान्त्वना दिईरहेको छ युक्रेन

रुस–युक्रेन बीचको तनाव अझै पनि जारी नै छ । यस युद्धमा दुबै देशबीच ठुलो क्षती भईरहेको छ । युद्धमा भएको क्षतिका विषयमा दुवै देशले आ आफ्नै हिसाबले विवरणहरू सार्वजनिक गर्दै आएका छन् । तर, ती विवरणहरू धेरै नै फरक हुने गरेका छन् । मंगलबार युक्रेनको विदेश मन्त्रालयले युद्धका क्रममा १३ हजार ५ सयभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ ।

तर यो कुरालाई रुसले तत्काल खण्डन गरेको छ । त्यस्तै, हालसम्म ४ सय ४ ट्यांक ध्वस्त पारेको युक्रेनी सरकारको दाबी गरे पनि रुसले भने युक्रेनले सार्वजनिक गरेको विवरण झुठो भनेर खण्डन गरेको छ । रुसले यस बिषयमा युक्रेनले जनतालाई सान्त्वना दिने काम गरेको भन्दै टिप्पणी गरेको छ ।

अत्यधिक रुसी सेनाको मृत्यु भएको भनेर प्रचार गरी युक्रेनले आफ्ना नागरिकलाई सान्त्वना दिइरहेको रुसको प्रतिक्रिया छ । युक्रेनको विदेश मन्त्रालयले पछिल्लो २० दिनमा एक हजार २७९ रुसी हातहतियार, ९५ हेलिकोप्टर, १ सय ५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६४० गाडी र ६० भवनलगायत ध्वस्त भएको जनाएको छ ।