रेखाकी सौताको भूमिका निभाउन करिश्मा कपुर डराएकी थिइन्, डराउनुको कारण यस्तो छ

बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपुरको फ्यान फलोइङ निकै रहेको छ । उनको अभिनयलाई लिएर फ्यानहरु एकदमै उत्साहित हुने गरेका छन् । नायिकाले एकसे एक बलिउड फिल्महरु दिएकी छिन् । करिश्मा कपुर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी हुन्छिन् ।

जसलाई उनका फ्यानहरुले निकै रुचाउने गरेका छन् । हालै करिश्मा कपुरको एउटा खुलासाले निकै चर्चा पाइरहेको छ । उनले चलचित्र ‘जुबैदा’ बारे खुलासा गरेकी छन् । फिल्म ‘जुबैदा’ सन् २००१ मा रिलिज भएको थियो । फिल्ममा राजस्थानको मारवाड राजपरिवारका राजा महाराजा हनवन्त सिंहको प्रेमकथा देखाइएको छ । फिल्ममा करिश्माले ‘जुबैदा’को भूमिका निभाएकी छिन् । त्यसैगरी, उनको विपरितमा सुन्दर अभिनेत्री रेखा उनकी सौताको रुपमा देखिएकी थिइन् ।

चलचित्रमा अभिनेता मनोज बाजपेयी राजा महाराजा हनवन्त सिंहको भूमिका निर्वाह गरेका छन् । आफ्नो खुलासामा करिश्मा कपुरले यो फिल्म साइन गर्न नचाहेको बताइन् । किनभने उनले फिल्मको क्यारेक्टरका लागि आफूलाई तयार गर्न सकेकी थिईनन् । यसै क्रममा फिल्म निर्देशक श्याम बेनेगलले भने कि करिश्माले सन् २००१ भन्दा पहिले यस्तो गम्भीर चरित्र कहिल्यै निभाएको थिएन ।

त्यतिकैमा उनी पनि डराएकी थिइन् किनभने उनको अगाडि चर्चित अभिनेत्री रेखा उभिएकी थिइन् । निर्देशकले करिश्माभन्दा अगाडि मनिषा कोइरालालाई साइन गर्न चाहेको बताए तर उनले रेखाको अपोजिट भूमिका खेल्न मानेनन् । त्यसपछि करिश्माले यो भूमिका निभाएकी थिइन् ।

उनको फिल्म ‘जुबैदा’ले बक्स अफिसमा राम्रो व्यापार गर्न नसके पनि करिश्माले यस फिल्ममा उत्कृष्ट अभिनय गरेबापत सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् । अर्कोतर्फ, यदि करिश्मा कपूरको वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेत्री लामो समयदेखि फिल्मी संसारबाट टाढा छिन् । फ्यानहरु उनलाई पर्दामा हेर्न आतुर छन् ।