सांसद सहित विवेकशीलका २६ नेतालाई एकै पटक कारवाही

काठमाडौ । विवेकशील साझा पार्टीमा भाँडभैलो भएको छ । एउटा समुहले अर्को समुहलाई निष्काशन गर्ने होडवाजी चलेको छ । रविन्द्र मिश्रको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीले बागमती प्रदेश सभा सदस्यसहित २६ जनामाथि कारबाही गरेको छ। फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको अनुशासन विपरित काम गरेको भन्दै उनीहरुलाई केन्द्रीय सदस्यवाट हटाउने निर्णय गरेको छ।

चारवटा केन्द्रीय समितिका बैठकमा लगातार अनुपस्थित रहेको र पार्टीलाई बुझाउनुपर्ने लेभी नबुझाएको तथा पार्टीको नीति विपरित कार्यमा संलग्न भएकाले उनीहरूलाई केन्द्रीय समितिभन्दा बाहिरको जिम्मेवारी दिने निर्णय गरिएको मिश्रपक्षले जनाएको छ।

यसरी कारवाहीमा पर्नेमा बागमती प्रदेशका प्रदेश सांसद रमेश पौडेल केशव दाहाल, पुकार बम लगायत छन्। मिश्रले यसअघि नै संयोजक रहेका मिलन पाण्डेलाई कारबाही गरेका थिए । पाण्डेपक्षले अहिले अदालतमा मुद्दा हालेको छ।

अनुशासनको कारवाहीमा पर्नेहरु अनुशा थापा ,आशुतोष तिवारी , कमलेश्वरप्रसाद पाठक , केशव दाहाल चण्डिका तिमिल्सिना , चन्द्रिका सिग्देल , दुर्गा खत्री ९कार्की० , धर्म मानन्धर , पुकार बम , भरत राज पन्त , भूपदेव शाह ,मनिस खनाल , मुना अधिकारी , रमेश पौड्याल , रविना अंम्गाई , राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी , विमल तामाङ , शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का , सुदन मानन्धर , सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्ट हुन् ।