कुनै समय अभिनेता सलमान खानकी आमाको असिस्टेन्ट भएर काम गर्थे यी अभिनेता

एजेन्सी । आफ्नो अभिनय र आफ्नो नृत्य चालले सिनेमा जगतमा विशेष छाप छोड्ने मिथुन चक्रवर्तीलाई ८० र ९० को दशकका सुपरस्टार मानिन्छ। हैदराबादमा जन्मेका मिथुन चक्रवर्तीले कलकत्ताको प्रसिद्ध स्कटिश चर्च कलेजमा अध्ययन गरे जहाँबाट उनले रसायनशास्त्रमा डिग्री हासिल गरे। साधारण परिवारका यी अभिनेताले बलिउडमा आफ्नो स्थान बनाउन निकै संघर्ष गरे ।

स्टारडम देख्नुअघि मिथुन दाले सामान्य मानिस जस्तै जीवन बिताएका थिए र गरिबीलाई नजिकबाट महसुस गरेका थिए । उनी बलिउडको दुनियाँमा ‘डिस्को डान्सर’ भनेर चिनिन्थे तर उनको लागि यो त्यति सजिलो थिएन । बाल्यकालदेखि नै नृत्यमा लगाव राख्ने यि अभिनेता लगातार आफ्नो सपनाको पछि दौडिरहहे । उनले फिल्ममा आउनुअघि स्टेज शो गरेर पैसा कमाउने गरेको बताइएको छ ।

डिग्री कलेज पूरा गरेपछि, उनले फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणेबाट स्नातक पूरा गरे। मिथुन चक्रवर्तीको पनि स्टार बन्ने सपना थियो र उनी यही सपना लिएर मुम्बई छिरेका थिए । मायानगरी मुम्बई पुगेपछि उनको संघर्ष सुरु भयो । भनिन्छ, सुरुका दिनहरूमा उनको मुम्बईमा बस्ने वा सुत्ने ठाउँ पनि थिएन । यस क्रममा उनी पानीको ट्याङ्की पछाडि सुत्ने गर्थे । मिथुनले आफ्नो कालो रंगका कारण संघर्षका दिनहरूमा अस्वीकृतिको सामना पनि गर्नु परेको थियो ।

आफ्नो संघर्षका दिनहरूमा, मिथुनले प्रसिद्ध लेखक सलिम खानकी दोस्रो पत्नी र अभिनेता सलमान खानकी सौतेनी आमा हेलेनको सहायकको रूपमा पनि काम गरे। उनले सन् १९७६ मा आएको फिल्म मृगयाबाट बलिउडमा डेब्यु गरेका थिए । फिल्म हिट भयो र मिथुनले राष्ट्रिय पुरस्कार पाए । पहिलो फिल्मबाटै उनले ठूलो पहिचान तथा सफलता पाए पनि उनी हेलेनको सहायक बन्नुपर्योो र यसै क्रममा मिथुनले आफ्नो नाम पनि परिवर्तन गरेका थिए ।

मिथुन दाले आफ्नो पहिलो फिल्म हिट दिए पनि काम पाएका थिएनन् । उनले दुई–तीन वर्षसम्म कुनै फिल्म पाएनन् । यस्तो अवस्थामा मिथुनलाई हेलेनको याद आयो । हेलेन आफ्नो युगको ठूलो क्याबरे डान्सर थिइन् । उनलाई हिन्दी सिनेमाको पहिलो आइटम गर्लको रुपमा पनि चिनिन्छ । मिथुनले आफ्नो नाम परिवर्तन गरेर रेज राखे र आफ्नो पहिचान लुकाउँदै हेलेनको सहायक बने । जब मिथुन चक्रवर्ती हेलेनसँग काम गरिरहेका थिए, उनी दिग्गज अभिनेता अमिताभ बच्चनको फिल्मको प्रेममा परेका थिए ।

उनले एउटा चलचित्रमा सानो भूमिका पाए थिए । यद्यपी मिथुनले सानो भूमिका खेले र त्यसपछि हिन्दी सिनेमामा काम गरिरहे । उनको उत्कृष्ट कामका कारण उनलाई बलिउडको सुपरस्टार पनि भनिन्छ । मिथुन चक्रवर्ती आज अर्बपति भएका छन् । उनीसँग २९२ करोड रुपैयाँको सम्पत्ति छ । ३५० भन्दा बढी चलचित्रमा काम गरिसकेका मिथुनसँग मर्सिडीज बेन्ज, फक्सवागेब, फोर्ड एन्डेभर, टोयोटा फर्च्युनर जस्ता शाही गाडीहरू छन् र मुम्बई बाहेक उटीमा घरहरू समेत रहेका छन्।