वैवाहिक जीवनलाई सरल र सुमधुर बनाउने ७ सुत्र

काठमाडौं। बैवाहिक जीवनलाई कसरी सफल, सुखमय र सुमधुर बनाउने ? अक्सर दम्पती यसैको खोजीमा हुन्छन्। घुमेर, रमाइलो गरे, उपहार आदनप्रदान गरेर जसरी हुन्छ एकअर्कामा खुसी बाढिरहेका हुन्छन्। जब एक दम्पतीबीच सम्बन्ध बलियो र मीठासपूर्ण हुन्छ, घर-परिवार उज्यालो हुन्छ। पारिवारीक बन्धन कसिलो हुन्छ। बैवाहिक जीवनलाई कसरी थप सफल बनाउने त ? यसका केहि काइदा छन्।

१. घरलाई अफिस नबनाउने, आफ्नो निजी जीवनमा रमाउनुहोस्। परिवार, छोराछोरी, आमाबुवासँग समय साझेदार गर्नुहोस्।

२. कोहिपनि समग्र रुपले पूर्ण हुँदैन। त्यसैले बढी अपेक्षा कसैमाथि थोपर्नु हुन्न। गल्तीका बावजुतपनि प्रेम गर्न सिकौं।

३. पती-पत्नीको सम्बन्ध बिश्वासमा टिकेको हुन्छ, आफ्नो सम्बन्धमा त्यस्तो ठाँउ नछाड्नुहोस् जहाँ शंकाले स्थान पाउँछ।

४. एकअर्काको परिवारबारे टिप्पणी नगरौं, दुबैको परिवारलाई पति-पत्नीले सम्हानजनक, सौहार्द्धपूर्ण व्यवहार गरौं।

५. धेरैजसो पारिवारिक कलह पैसाको कारणले हुन्छ। त्यसैले खर्च गर्नुअघि घरको मासिक बजेट तयार गरौं। कति खर्च गर्ने, कति बचत गर्ने सबै तय गर्नुपर्छ।

६. सानोसानो कुरामा खुसी हुने अभ्यास गरौं। एकअर्काको गल्तीमा माफी दिन सिकौं।

७. सम्बन्धमा इमान्दारीता हुनैपर्छ। छल, कपट, इष्र्या नगरौं। पती-पत्नीबीच आपसका सबै कुरा शेयर गरौं।