जनता समाजवादी पार्टीमा तीन सदस्यीय मुख्यालय समिति गठन, जसमा परे यी तीन नेता

काठमाडौं ३० फागुन । जनता समाजवादी पार्टी (जसपा)ले तीन सदस्यीय मुख्यालय समिति गठन गरेको छ । हिजो देखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निणर्य गरेको हो ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार तीन सदस्यीय मुख्यालय समितिमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेका छन् ।

उक्त तीन सदस्यीय समितिले मुख्यत पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्ने भएको छ ।

साथै मुख्यालय समितिले गरेका निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था राखिएको बुझिएको छ ।