स्कटलैण्ड द्वारा युक्रेन बाट विस्थापित भएका नेपालीहरुको सहयोगार्थ संकलित रकम अध्यक्ष भण्डारी द्वारा पोल्याण्ड मा हस्तान्तरण।।।

इडन्वरा, स्कटल्याण्ड।

अहिले भइरहेको रसिया र युक्रेन बीचको युद्ध बाट बिस्थापित भई पोल्याण्ड आएका र आउने क्रममा रहेका नेपाली हरूलाई सहयोग गर्नको लागि एनआरएनए पोल्याण्डको मानवीय सेवाको लागि सबै नेपाली समुदायमा सहयोग को आह्वानमा गत मिति ३ मार्च मा स्कटलैण्ड राज्य समितिले आयोजित, अध्यक्ष काशीराम भन्डारीको अध्यक्षतामा भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर, एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसी तथा स्कटल्यान्डका बिभिन्न संघ संस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको आकस्मिक संयुक्तरुपमा बसेको बैठकले युक्रेन बाट बिस्थापित नेपालीहरूको लागि सहयोग संकलन गर्ने निर्णय गरिएको थियो र यहि मिति १२ मार्च मा रुस-युक्रेन द्वन्द्वले युक्रेनबाट विस्थापित नेपालीहरुको उद्दार तथा सहयोगका लागि स्कटल्याण्ड राज्य परिषद तथा स्कटल्यान्डका १५ संस्थाहरूको पहलमा संकलित रकम एनआरएनए स्कटलैण्ड कोषाध्यक्ष शर्मीला ढकाल अनुसार £३००० एनआरएनए स्कटलैण्डका अध्यक्ष काशीराम भन्डारी द्वारा एनआरएनए पोल्यान्डका अध्यक्ष जीवन केसी, उपाध्यक्ष प्रकाश तिवारी, युबा सयोजक बिबेक पौडेल, कोषाध्यक्ष अनिल थापा, सद्स्य बिक्रम महर्जन, आईसीसी सदस्य गोपाल राई, सल्लाहकारहरू राम न्युपाने, टन्क कटुवाल, लेखा सयोजक आनंद घिमिरे, समन्वय र सयोजन उपाध्यक्ष कबिन सुबेदि तथा सामाजिक अगुवाहरुको उपस्थिति र सहभागितामा हस्तान्तरण गरेका छन् र साथै अन्य एनआरएनए राज्य समिति द्वारा संकलित रकमहरू हस्तांतरणको क्रममा रहेको अध्यक्ष भण्डारी बताउँछन्।

संकलित सहयोग युक्रेनमा जारी युद्धका कारण छिमेकी देश पोल्याण्डमा विस्थापित भएका नेपालीहरुलाई प्रदान गरिने निर्णय भएको थियो। एनआरएनए युकेले यस विषम परिस्थितिमा वेवारिसे भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सहयोग गर्न बेलायतबासी नेपाली सामाजिक अभियन्ता, व्यक्ति, संघसंस्था, व्यापारिक प्रतिष्ठानहरु द्वारा सहयोग प्रदान गरेका थिए। त्यस्तै, एनआरएनए युकेले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गरी जति सक्दो चांडो स्वदेश फिर्ता ल्याउने प्रबन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ । पत्रमा संकटको यो घडीमा विदेशमा फसेका नेपालीहरुको शिघ्र उद्धारका लागि तदारुकताका साथ काम गर्न नेपाल सरकारलाई आग्रह पनि गरेका छन्। उक्त उद्दार तथा सहयोग कार्यमा सम्लग्न एनआरएनए स्कटल्याण्ड तथा स्कटल्यान्डका सम्पुर्ण संघ संस्थाका प्रमुख एवं पदाधिकारीहरु, अन्य सामाजिक अगुवाहरू तथा सम्पुर्ण स्कटलैण्ड परिवार सबै-सबैमा हार्दिक धन्यवाद र पोल्याण्ड प्रति देखाउनु भएको सद्भाव र चासोका लागि अध्यक्ष केसी द्वारा धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गरेका थिए।

धन्यवाद।।।