पाथीभरा माताको उत्पत्ति यसरी भएको थियो ?

नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ एक धार्मिक पृष्ठभूमि बोकेको तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको एक ऐतिहासिक स्थल हो । पूर्व पश्चिम राजमार्गको धरान–धनकुटा तथा इलाम–फिदिम हुँदै नागवेली झै घुमेको बाटो पार गर्दैै प्रवेश गरिने जिल्ला ताप्लेजुङ साच्चिकै धार्मिक सांस्कृतिक तथा प्राकृतिक दृश्यले दुलही जस्तै सिगारिएको छ |सवैको मन मस्तिष्कमा हरपल सम्झनामा रहिरहने क्षेत्र पाथीभरा यही पर्ने हुनाले यहाँ वाह्य पर्यटकदेखि लिएर आन्तरिक पर्यटकहरुको प्रायः घुइँचो नै लागिरहन्छ ।

विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभराको पवित्र धाम ताप्लजेङ्ग जिल्लाको सदरमुकाम फुङलिङ्गबाट लगभग १६–१७ किमि पुर्वोत्तर ३७६४ मीको उचाइमा अवस्थित छ । भरेको पाथी झै सुन्दर मनमोहक आकृति वोकेको पाथिभरा पहाडको शिखरमा देवी भगवतीको धाम रहेकाले यी देवीको नाम ‘पाथिभरा देवी’ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।पाथिभरा देवीको उत्पत्ति सम्वन्धमा थुप्रै किम्मदन्ति तथा जनविश्वास रहेका छन् । भनिन्छ – परापूर्वकालमा पाथिभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ एक पटक पाथिभरामा राखेका थिए । एक दिन अचनाक वथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तव्ध भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भइ आफ्नो उत्पत्ति स्थल र आकृतिको वोध गराउँदै भेडावली सहित पूजा अर्चना गर्न निर्देशन दिनु भयो । आत्मावोध प्राप्त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभाव पूर्वक पूजा अर्चना गरी सवैभन्दा स्वस्थ हृष्टपुष्ट भेडाको थुम्वा वली दिए । वली के दिइएको थियो– ती हराएका सयौ भेडाहरु जस्ताको त्यस्तै पहिलाकै ठाउँमा देखापरे । त्यो भन्दा अझ आश्चर्यको कुरा वली दिएको भेडाको रगत वली स्थलमा झर्ना साथ वालुवामा पानी हराएझै हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरुले देवीको जयजयकार गरे ।

पाथीभरा देवीलाई दैनिक सयौको संख्यामा भेडा, वोका, पाठा, पाठी बलि चढाइन्छ तर वली स्थलमै रगत हराएर सिमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्छन् । देवीमा चढाइएको वली संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पथ्र्यो तर त्यसो हुँदैन यही कारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहिआएको छ ।आज पाथीभरा देवीको महिमा देवी प्रतिको आस्था एवं विश्वासले गाउँ, जिल्ला र देशको सीमा नाग्दै विदेशमा समेत पुगेको छ । जसको परिणाम स्वरुप हजारौको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवी दर्शनको निम्ति आउने क्रम जारी नै छ ।यस स्थानमा विश्वमा नै अति दुर्लभ मानिएको केवल ‘नेपालमा मात्र पाइने काडे भ्याकुर, मोनाल, चिलिमे तथा फुत्रगसका वथानहरुले स्वागत गर्न सक्छन् । झुल्कदो घामको समयपख लेकाली मृगको हाँचले तपाईसँग लुकामारी खेल्न रुचाउँछन् ।

दक्षिणबाट उत्तरतर्फ केही ओरालिएर गएको चउरी फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहाली लाग्दो भिरको शीरानमा पाथीभरा देवीको मन्दिर अवस्थित छ । मन्दिरको मुख्य भागमा सिंह माथि आसनगरी वसेकी रक्तकाली देवीको मुर्ति देख्नुहुन्छ । जुन विभिन्न धातुबाट बनेको छ जसको मूल्य ९ लाख परेको हुनाले नैलाखे मुर्ति पनि छ ।यस्तो धार्मिक, सांस्कृतिक, दैवीक शक्ति तथा प्राकृतिक शौन्दर्यता अवलोकन गर्न तपाई हामी एकचोटी जानैपर्छ । यो पनि पढ्नुहोस् :-

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सवारी साधनको प्रयोगमा साबधानी अपनाउनु पर्नेछ । जिवन साथीको सहयोगमा जटिल कार्य सम्पादीत रहनेछन ।भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । मान्यजनको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरु सगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । शुभ चिन्तकहरुको बृद्यि हुनेछन । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलिका कारण आफन्त जनहरु सगँ तनाब उत्पन्न हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बौधिक ब्यत्तित्वहरुको साथ सहयोगमा दिर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ ।