गोरखा साँस्कृतिक समाजको ७ ऒं बार्षिक साधारण सभा तथा सांगितिक कार्यशाला सिरानचोकमा भव्य रुपमा सपन्न

गोरखा साँस्कृतिक समाजको ७ ऒं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ | ‘गोरखा र गोरखालीको सान, साँस्कृतिक पर्यटन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गोरखाको ऎतिहासिक तथा पर्यटकिय स्थल सिरानचोक गाऊपालिका वडा  न. ७  अवस्थित श्रीनाथ मण्डलीमा प्रागणमा भव्य रुपमा सम्पम्न भएको हो |

काठमाडौ कर्मथलो वनाएका विभिन्न विधाका गोरखाली कलाकारहरुलाई एऊटै छाना मुनि संगठित गर्ने सस्थाको रुपमा परिचित संस्थाले आफ्नो सातौ बार्षिक साधारण सभा गोरखा जिल्काको एेतिहासिक, पर्यटकिय एवम् धार्मिक स्थल श्रीनाथ मण्डलीमा गरिएको आयोजकले बताएको छ |

कार्यक्रममा गोरखा जिल्लाको गित संगित, एेतिहासिक पुष्ठभुमी साथै पर्यटन सगैं कला क्षेत्रको प्रतिनिधित्व गर्ने स्मारिका विमोचन गरिएको थियो | कार्यक्रमको अवसर पारेर सस्थाप्रति गरेको कामको मुल्याङ्कन गर्दै सस्थाको उपाध्यक्ष दिनेश थापा, महिला विभाग प्रमुख वेलिमाया पुलामी र सँगठन विभाग प्रमुख हरिराम परियार सम्मानित भएका थिए | नेपाली लोक दोहोरी क्षेत्रका अब्बल गोरखाली सर्जकहरु काजीबाबु अर्याल, हरिमाया गुरुङ, सरिता अधिकारि, दिपसागर थापा, लोक तथा दोहोरी गित प्रतिष्ठान, गोरखाकी अध्यक्ष मिना गुरुङ, मधु रसाईली लगायत थुप्रै गोरखाली कलाकारहरुको उपस्थिति रहेको थियो |

सिरानचोक गाऊपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रम करिब १५० भन्दा वढि गोरखाली कलाकारहरुको उपस्थित रहेको थियो । गोरखा साँस्कृतिक समाजका अध्यक्ष सुमन बैरागी पण्डित सभापतित्व रहेको कार्यक्रमलाई सांस्कृतिक समाजका महासचिव रविन लामिछानेले संचालन गर्नु भएको थियो |