पार्टी प्रवेश गर्न बालकोट पुगेकी अभिनेत्री करिश्मालाई पार्टीमा स्वागत गर्न पाउँदा ओली भए खुसी

काठमाडौं २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुर्गकी छन् ।

ओली निवास पुगेकी अभिनेत्री मानन्धरले आफु एमाले प्रवेश गर्न चाहेको बताएकी छन् । भेटमा मान्धनरले पार्टी प्रवेश गर्न चाहेको बताएपछि अध्यक्ष ओलीले पनि पार्टीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

भेटमा उनले आफुलाई एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा असाध्यै मन परेको भन्दै आफु त्यसमा प्रभावित पनि भएको बताएकी छन् । ओलीले केही समय पछि एक कार्यक्रमको आयोजना गरेर उनलाई पार्टी प्रवेश गराउने समेत बताएको जनाइएको छ ।

यस भन्दा अघि करिश्मा डा। बाबुराम भट्टराईले बनाएको ‘नयाँ शक्ति’ पार्टीमा केन्द्रीय सदस्य भएकी थिइन् । पछि भट्टराईले नयाँ शक्तिलाई संघीय समाजवादी पार्टीमा मर्ज गरेपछि कश्सिमा राजनीतिबाट टाढा भएकी थिइन् ।