‘स्पर्श’ – केसर कोइराला

केसर कोइराला
धेरै आउँछन् उकालीहरु । धेरै आउँछन् ओरालीहरु । अनि भञ्ज्याङ र देउरालीहरु । कतै मनमुटु जोडिन्छन् कतै आफ्नो हितैसी साथी भेटिन्छन् । यस्तै छन् जिन्दगीको कहानी । कहिले सुख कहिले दु:खको जिन्दगानी ।
जिन्दगी एउटा यात्रा हो । जन्मदेखि मरणसम्मको यो यात्रामा हामी धेरै कुराको अनुभव गर्न पाइन्छ । यस्तै जिन्दगीको उकालीओरालीहरुको गोरेटोहरुमा कतैकतै प्रेमको कोपिला पनि ढकमक्क फूल भएर फुल्दो रहेछन् ।
स्कुटीको कान नोमोठ्दै कहिले कलंकीको कोलाहललाई मीत लगाउँदै कहिले त्रीचन्द्र कलेजको घन्टा घरसँग साइँनो जोड्दैमा यसरी बित्दै थियो मेरो दिनचर्या ।
त्रीचन्द्र कलेजको स्नातक पढाइ र कलंकि बसाइँले एउटा सुनौलो सम्बन्ध जोडिएको थियो । त्यो सम्बन्ध रगतको थिएन भावनाको थियो । तनको होइन मनको थियो ।
दोस्रो बर्षको मेरो पहिलो क्ल्यास थियो त्यो दिन । त्यो जाडोमा म स्कुटी बत्ताउँदै त्रीचन्द्र कलेज परिषदभित्र पसे । पार्किङमा गए । पार्किङ गरेर फर्किदै थिएँ त्यही बेला एउटा युवती स्कुटी बताउँदै आई । कालो ज्याकेटमा लगाएकी थिइ । पछाडीतिर पिङ्क स्कार्फ हावाको झोकाहरुले फर्रफर्र गर्दै उडिरहेका थिएँ । मेरो अगाडि आई । हेल्मेट निकाली । ज्याकेटको चेन खोली । पहेँलो कुर्थासुरुवार लगाएकी थिइ । ओठमा मन्दमन्द मुस्कान थियो । आँखाहरुले मलाई हेर्दा लागूऔषधको हाइ डोज खाए जस्तो बनाइरको थियो । हाईट पाच फुट चार इञ्च जतिकी थिई । पाँच-छ इञ्चमा छाटिएको कपाल थियो । आँखामा मेटल चस्मा थियो ।
उनी देख्दा मलाई यस्तो लाग्यो त्यो पुसमाघको जाडोमा पनि तातो पनको महसुस मिलेको जस्तो लाग्यो । पीडितलाई राहत मिलेको जस्तो भयो । आकाशबाट पानी पर्दा छाता भेटे जस्तो भयो ।
‘कोरा कागज था दिल ये मेरा लेख्लिया हे नाम इस्मे तेरा ‘ गीत मनभित्र गुञ्जिदै थियो । ऊ त्यहाँबाट सरासर क्ल्यास रुमतिर मोडि । म उनको पछाडीपछाडी गए । बिन बजाएर लठ्ठीएको सर्प झैँ लठ्ठ परेको थिएँ म ।
उनी फ्रस्ट इयरकी रहेछे । केही समय त एक बर्ष नै हापेर त्यही क्ल्यास रुममा बस्यौं झैँ भएको थियो । जे हुन्छ हुन्छ भनेर त्यो क्ल्यास रुमभित्र छिरे । उसले मलाई पुलुक्क हेरी । जान या अजानमा नै एउटा मीठो मुस्कान मैले छाडे । उसले पनि मलाई एउटा मीठो मुस्कान हेर्दै छाडी । हामी बिच मुस्कान साटासाट भयो ।
हामी बिच त्यही मुस्कानले धेरै निकट ताने झैँ लाग्यो । उसले त्यहाँ कसैलाई चिनेकी थिइन । उनीहरु पनि पहिलो क्ल्यास थियो त्यो दिन । ‘साला पोहोर बर्ष हाम्रो क्ल्यासका सबै केटीहरु सिनियर दाईहरुले पट्टाएका थिएँ । अब हाम्रो पालो’ भन्दै मनमनै बरबराइरहे ।
उनी बिच तिर बसेकी थिइ । म चाहिँ लास्ट बेञ्चमा बसेर उसलाई नियाल्दै थिएँ । हामी बिचको दूरी मनमनै भएपनि छिचोल्न सफल भए । उसले आफ्नो मुन्टो मतिर बटाल्दै फेरि मलाई पुलुक्क हेरी । आँखामा आँखा जुधाए अनि मनमनै भनें,
‘तिम्रो आँखामा आँखा जुधाइ भन्नु छ एउटा कुरा
तिमीबिना आधा छु म, तिम्रो साथ पाए हुन्छु पुरा’
कसरी बेक्त गरम त्यो अवस्थालाई । कवि भए एउटा कविता लेख्थे होला, कथाकार भए एउटा मीठो कथा रच्थे होला, एउटा चित्रकार भए चित्र कोर्थे होला । तर यी कुराहरू म कुनै पनि थिइन । बिना गन्तव्य यो संसारमा म बाच्दै थिए । फूटबललाई लात्ती हान्दै हावा झैँ डुल्ने मनुष्य म नै थिएँ ।
ती आँखाहरुलाई मैले पहिलै कतै देखे जस्तो लाग्यो । त्यो स्पर्शहरुसँग जन्मजन्मसँग नाता जोडिए जस्तो लाग्यो । ती ओठहरुमा कही कतै मसँग जिस्किरहे जस्तो लाग्यो । त्यो सर्लक्क मिलेको काक्रो जस्तो शरीरले मलाई उनी तिर तानी रहे झैँ लाग्यो । चुम्बकले चुम्बकीय बस्तु तानै झैँ । गुरुत्वबलले कुनै वस्तु ताने झैँ उनले मलाई त्यसरी नै तान्दै थिइन् ।
म उनीमा लिप्त हुँदै गए । म उनीबाट तृप्त हुँदै गए । मेरो सन्तप्त जिन्दगीलाई केही सार्थकता तुलाए झैँ लाग्यो । मेरो ती गन्तव्यहिन पाइँलाहरुलाई कुनै गन्तव्य थमाए झैँ लाग्यो । सपनाको दृष्टिविहीनलाई कसैले दृष्टी दिलाए झैँ लाग्यो । बेसुरेलाई कुनै सुर मिले जस्तो लाग्यो । जिन्दगीको कुनै लय भेटाए जस्तो लाग्यो ।
उनी पातलीपातली थिइ । ती पातलो कम्मरमा मेरो जवानी गएर लिप्त हुन पुगेको थियो । कोकाकोला जस्तो फिगरमा मेरो मन अड्किन पुग्यो । mountain dew खाएर एउटा रिक्स उठाउकि जस्तो पनि लागेको थियो । अहँ सकिन । डर लाग्यो । जति डर लाग्यो त्यति त्यो दिन भन्दा अघिसम्म कहिले पनि डर लागेको थिएन ।
ती मृग नयनीहरुले मलाई एउटा नजरबन्दमा पारे झैँ लाग्थ्यो । हजार छन् केटीहरु त्यो क्याम्पसमा तर उसैमा नजर गएर ठोकियो । आखिर किन त ? एउटा मनमा कौतूहलता जाग्यो । मनमनै मनन गरे । तर मैले कुनै निष्कर्षसम्म पुग्न सकिन । मनमा लागेको कुरा उसलाई फ्याट्टै भन्देऊकी जस्तो लागेको थियो । तर त्यत्रो दुस्साहस उठाउन मैले सकिन । त्यतिबेला मनमा न कुनै अनुनय थियो न किनै विनय नै थियो । थियो त केवल एकतर्फी प्रेम थियो । त्यो प्रेम त्यतिबेला रेड लाइटको ट्राफिकमा थियो । ग्रीन सिंगनल कहिले मिल्थ्यो थाहा थिएन । ग्रीन सिंगनल मिल्ने बित्तिकै गाडी कुन वेगले हुइकाउन्थे त्यो कुराको अवगत मलाई मात्रै थियो ।
क्ल्यास रुममा एकले अर्कासँग परिचय साटेर अपरिचितहरु परिचीत हुँदै थिएँ । त्यो परिचय साटासाट त्यहाँ एउटा छुट्टै प्रकारको ध्वनिहरु प्रतिध्वनित भएको थियो । सनाहट रहेको त्यो क्ल्यास रुममा केही समयमा नै चराचुरुङ्गीको चिरबिर जस्तो आवाज ध्वनित हुँदै थियो ।
त्यो क्ल्यास रुमभित्र राख्थ्यो अब त्यहाँ नयाँ युगको आगमन हुँदै थियो । नयाँ युगको युगान्तकारीहरु त्यहाँका विद्यार्थीहरु थिएँ । विभिन्न जिल्ला, विभिन्न गाउँ र विभिन्न बस्तीबाट आएका थिएँ ।
‘पख्न केटी तलाई मेरो जसरी भएपनि आफ्नो बनाएर छाड्छु’, मनमनै भन्छु । मनमनै भन्दा उसले सुन्ने होइन जे भनेपनि भयो नि होइन र ? जसो गरेपनि भयो नि । यति मनको कुराहरु अरुले बुझ्ने भए एउटा मान्छेले सोच्न छोड्थे होलान हैं ?
विद्यार्थीहरु पुस्तकको पानाहरु पल्टाउने ठाउँमा क्ल्यास रुमभित्र नै मोबाइलको किबोडमा ख्याटख्याट गर्दै टाइपिङ गर्दै थिएँ । कोही इयरर्फान कानमा कोच्दै गीतको तालमा आफ्नै दुनियाँमा मस्त थिएँ । कोही हेर्दै पढनदास जस्तो देखिन्थे । कोही हेर्दै उड्पट्याङ्को बादसाह जस्तो देखिन्थे ।
‘कहाँ थियौ तिमी रंगमञ्च उठे पछि आयौं
समयले जवानी यो लुटे पछि आयौं ‘
फेरी मनभित्र गुनगुनै रहे । केही पल ती गीतहरुमा लिप्त भए । केही पल उसको जवानीमा लिप्त भए । उमेरको खेल हेरन कस्तो ? अघि भर्खरै देखेको केटीमा म किन यसरी फिदा हुँदै थिए भन्ने कुराको ज्ञानबाट म नै वञ्चित थिएँ ।
एकतर्फी गर या दुईतर्फी गर प्रेम त आखिर प्रेम नै हो । प्रेम पाउन गर या गुमाउन गर प्रेम त आखिर प्रेम नै हो । जस्तो गर आफ्नो मनभित्र बाट गर आखिर प्रेम त प्रेम नै हो । कसैलाई तृप्त भएर प्रेम गर या कसैलाई छुट्टिन नै नसक्ने लिप्त भएर गर आखिर प्रेम त प्रेम नै हो ।
प्रेमको अर्थ मान्छे अनुसार फरक छ । प्रेमको स्वाद व्यक्ती अनुसार फरक छ । प्रेमको अनुभुति प्रत्येक मनुष्य अनुसार फरक छ । त्यो फरक फरक अर्थ, स्वाद र अनुभुतिहरुमा म कसरी लिप्त हुनसक्छु र ? एकपटक ध्यानमङ्ग सोचे ।
प्रेम कथा सुरु भैहाल्यो भनेपनि एक न एक दिन विछोड भैहाल्छ । प्रेमको सुरुवात जति मीठो भएपनि त्यसको फल पक्कै पनि तितै हुन्छ । हर प्रेम कहानीको अन्त्य दर्दनाक नै हुन्छ । हर प्रेमको अन्त्य तितो नै हुन्छ । उसले मलाई आफ्नो जिन्दगीमा निम्त्याई हाले पनि एक न एक दिन हामी एकअर्कालाई यति घृणा गर्ने छौँ जति घृणा एक दुश्मनले अर्कोलाई गर्ने छ ।
प्रेम हेर्दा मीठो र आनन्दको हुन्छ । जति गहिराइमा छिचोल्दै जान्छौं त्यति नै गहिराई पत्ता लगाउँदै जान्छौं । जति खुसी देखिन्छौं त्यति भित्री बेदना बोकेर बाहिर हाँसेको हुन्छौं । जति बाहिर रमेको हुन्छौं भित्र त्यतिनै पीडा लिएर मोरेको हुन्छौं । प्रेम एक कमजोर बनाउने चिज हो । जुन चिजले बाहिरी रुपमा सम्पन्नशाली र शक्तिशाली देखाउँछ तर भित्री रुपमा घाँटी निमोठेर कमजोर तुल्याउने प्रयत्न गर्छ ।
त्यो प्रेम मेरो निम्ति पहिलो थिएन । म कसैसँग सम्बन्धमा थिएँ । त्यो सम्बन्धको वियोगले अझै पनि मन रसाउने गर्छ । त्यो प्रेमले मलाई प्रेमको अर्थ सिकाएको छ । प्रेम भित्रको पिडाहरु चिनाएको छ । अब फेरी प्रेममा बसेर टुटिसकेको मन फेरी छोडेर टुटाउन चाहन्न । छुटिसकेको साथमा बाच्न बानी परेको मलाई फेरि साथ खोजेर केही पल रम्दै एक्लो हुनु चाहन्न ।
सबकुराहरुलाई मनमा विश्लेषण गर्दै त्यहाँबाट निस्के । मेरा यी आँखाहरुलाई उनीबाट टाढा लगे । आखिर सबै कुरा चाहेर कहाँ पूरा हुन्छ र ? सबै कुराहरु पाउँने भाग्य सबैमा कहाँ हुन्छ र ? पहिलो प्रेममा धोका खाएको म दोस्रो सम्बन्धबाट धोका खान चाहन्न । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ’ भनें झैँ म तर्सिए । प्रेमको भूत देखि डराए । एकपटक धोका खाएपछि जो पाए त्यहीलाई यो मनले विश्वास गर्दैन रहेछ ।
एकपटक विश्वास टुटेको मान्छेलाई थाहा हुन्छ विश्वास तोडिन्दा कस्तो अनुभूति हुन्छ भन्ने ? त्यो पिडाको न आवाज हुन्छ न आँसु नै हुन्छ । हुन्छ त केवल एक्लो रातमा आँखाबाट बर्सिने आँसुका थोपाहरु हुन्छ । जुन आँसुले सिरानी निथ्रुक्क हुन्छ ।
त्यो केही क्षणको मीठो अनुभूतिहरुलाई संकलन गर्दै आफ्नो क्ल्यास रुमभित्र पसे ।
उसलाई अझै पनि अविरल सम्झनाले सम्झि रहन्छु । त्यो सँगै पहिलो प्रेमको तिरस्कारलाई पनि सम्झिरहन्छु । चोट चोटले मान्छे मान्छे बन्छ धोका धोकाले जिन्दगी बन्छ !!
@।<$ °°धन्यवाद°°@।<$