दोहोरी क्षेत्रकै महान पर्वको रुपमा हेरिने ऐतिहासिक लोकदोहोरी अवार्ड यही २८ गते सम्पन्न हुदै

कमल सरगम,काठमान्डौ।नेपाली लोक दोहोरी क्षेत्रकै ऐयिहसिक अवार्डको रुपमा रहेको राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८को ७ औ संस्करण यही फाल्गुन २८ गते सास्कृतिक संस्थान नाचघर जमलमा हुने भएको छ।बर्षौदेखि हुदै आएको उक्त अवार्ड कोरोना महामारीको कारण गत बर्ष हुन सकेको थिएन।यो पटक भने भब्य रुपमा अवार्ड सम्पन्न हुने आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्सालले जानकारी दिनुभयो।

कार्यक्रमको सम्पूर्ण तयारी सकिएसंगै अवार्डको प्रचारप्रसारमा संस्था रहेको लम्सालको भनाइ छ।बिभिन्न विधाका कलाकारहरुलाई अवार्ड वितरण तथा सम्मान कार्यक्रम संगै भब्य सास्कृतिक कार्यक्रम पनि हुने आयोजक कमिटीले जानकारी दिएको हो।

श्री बागेश्वरी खड्का हाउजिङ्ग डेभलपर्सको प्रस्तुतिमा हुने अवार्डको लागि प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुन आउने भएका छन। “अग्रजलाइ सम्मान,नयाँलाइ प्रोत्साहन”भन्ने मूल नाराका साथ् हुने यो पटकको अवार्ड भने चुनौतिपूर्ण रहेको छ।

अवार्डमा टप ५ मा परेका सबैजसो प्रतिष्पर्धी अग्रस्थानकै रहेका छन।त्यस भित्र पनि २ बर्ष देखि रोकिएको अवार्डमा गत समयका सृजनाहरुलाई पनि समेटिएको हुदा यो पटक उत्कृष्ट गीतहरुको लहर बढेको देखिन्छ।

दिउँसो १ बजेबाट लाइभ युनिभर्सल टेलिभिजनमार्फत हेर्न सकिने उक्त कार्यक्रममा प्रत्यक्ष दर्शकको रुपमा पनि प्रबेस गर्न पाउने आयोजक कमिटिको जानकारी छ,कार्यक्रमको लागि निशुल्क पासको ब्यबस्था रहेको अध्यक्ष सुजन लम्सालले जानकारी दिनुभयो।