माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर नै एमालेमा प्रवेश

मोरङ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई पार्टी प्रवेश गराएका हुन्।

एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन्। एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए।