बलिउड अभिनेत्री कट्रीना सासुको काखमा बसेको फोटो भाइरल

बलिउड अभिनेता विक्की कौशल सामाजिक सञ्जालमा निकै कम सक्रिय छन् । हालै विक्कीले सारा अली खानसँग अनटाइटल फिल्मको सुटिङ पूरा गरेका छन् । अब अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विक्कीले आमा वीणा कौशल र पत्नी कट्रिना कैफको फोटो सेयर गरेका छन् । कट्रिना सासू वीणाको काखमा बसेकी देखिन्छिन् ।

वीणा कौशलले पनि महिला दिवसको अवसरमा कट्रिनालाई उपहार दिएकी छिन् । फ्यानहरूले पनि यो फोटोमा कमेन्ट नगरी आफूलाई रोक्न सक्दैनन् । एक फ्यानले लेखेका छन्, ‘मम्मी कौशल, छोरी कौशल। अर्का फ्यानले लेखेका छन्, ूदुबै कति क्यूट छन्। उनीहरुको बन्डिङ देखिन थालेको छ।ू विक्की र कट्रिनाले गत वर्ष नोभेम्बर ९ मा राजस्थानको फोर्ट बरवारा बिबाह सम्पन्न गरेका थिए रहेको । दुवैको विवाह निकै गोप्य र घनिष्ट थियो ।