चर्चित नायिका रेखा थापाको कडा प्रहार -नाबालिकाको चरित्रह”त्या हुँदा मलाई हार्दिक श्रद्धाञ्जली लेखियो, (भिडियो सहित )

नायिका रेखा थापाले एक कार्यक्रममा बोल्दै – नाबालिका हाम्रो समाजको दायित्व हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा आफुलाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएको उल्लेख गर्दै त्यस्ता कुराले आफुहरु अझै सतीप्रथामा छौं कि क्याहो जस्तो महुसस भएको बताएकी छिन ।

 

महिला दिवसका सन्दर्भमा मंगलबार राजधानीमा आयोजित सडक बहस कार्यक्रममा बोल्दै रेखाले यस्तो बताएकी हुन् ।

 

पल शाह प्रकरणमा नाबालिगको पक्षमा अभिब्यक्ति दिएकी रेखाले यो बिषयमा चोकचोक र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको बताएकी छिन । उनले गल्लीगल्लीमा न्यायाधीश जन्मिएको भन्दै अदालतको काम भन्दै व्यङ्ग्य समेत गरेकी छिन ।

 

उनले अगाडी थपिन – ‘महिलालाई तिमीहरू सहेर बस, तिमीहरू नै खराब भन्ने खालको सोच देखियो । जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने होला त ? चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? महिलालाई श्रृंगारिक वस्तुको रूपमा मात्रै प्रस्तुत गरेर हुन्छ त ? हामी नडराउँ । म नेताको विरुद्धमा पनि जान सक्छु यदि गलत छ भने । 

 

नारी दिवस कै दिन अभिनेत्री रेखा थापा लेख्नु हुन्छ ,”पुरुषको बिरुद्द होइन, पुरुषलाई पनि पिडा छ,”पुरुषहरुले पाएको दु:ख घटाऊन त्यो घर भित्र एउटा योद्दा छोरी जन्मिनु पर्छ भन्ने मान्दछु । कमजोर महिलाको पती, बुवा, भाई वा प्रेमी- सबै कमजोर बन्न पुग्दछन । ११२औँ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको “शुभकामना”