यि हुन् ‘कुमकुम भाग्य’ की नायिका हुन् मृणाल ठाकुर,जसको बलिउडमा हुन्छ औधी चर्चा

एजेन्सी-बलिउडमा पछिल्लो समय चर्चामा रहेकी नायिका हुन् मृणाल ठाकुर । टिभी सिरियल कुमकुम भाग्यमा अभिनय गरेपछि एकाएक चर्चामा उनको अभिनयलाई अत्यन्तै रुचाइएको थियो । सिरियलमा उनी प्रज्ञाकी बहिनी बुलबुल र पुरवको प्रेमीको भुमिका निभाएकी थिइन् । तर पछि उनी सिरियल बिचमै छाडेर ठुलो पर्दा तिर छिरेकी थिइन् ।

अहिले उनले ऋतिक रोसन अभिनित फिल्म ‘सुपर ३०’ मा अभिनय गरेकी छन् । फिल्ममा उनको अभिनयलाई अत्यन्तै रुचाइएको छ । । यो फिल्मले बक्स अफिसमा गज्जबको व्यापार गरिरहेको छ । फिल्ममा मृणाल अभिनेता ऋतिक रोशनकी गर्लफ्रेण्डको भूमिकामा छिन् । फिल्मले उनलाई राम्रो चर्चा दिलाएको छ ।

उनलाई जोन अब्राहमको फिल्म बटला हाउसमा पनि देख्न सकिनेछ । यो फिल्ममा मृणाललाई जोनको अपोजिटमा देख्न सकिनेछ । सुन्दरताकी धनी मृणाल सामाजिक संजालमा पनि उत्तिकै सकृय रहन्छिन् । उनका तस्विर बेला बेला सामाजिक संजालमा भाइरल भइरहन्छन् ।पछिल्लो समय उनका फ्यान झन् बढ्दै गएका छन् ।