हट नायिका अदिती बुढाथोकी खुशीले फुरुंग, इन्ष्टामा फलोअर्स २० लाख नाघे

नेपालकी हट नायिकाहरु मध्ये एक हुन् अदिती बुढाथोकी । उनको फेसन स्टाइल र बोल्ड फोटो शुटले फ्यानहरुलाई पागल नै बनाउने गरेको छ । यिनै नेपाली अभिनेत्री अदिती अहिले मुम्बईमा बसेर बलिउडमा संघर्ष गरिरहेकी छिन् । उनी नेपाली भए पनि भारतमा मोडलिङ गरेर आफ्नो करियर शुरु गरेकी थिइन् ।अदितीका सामाजिक सञ्जालमा फ्यानहरु एकदमै राम्रो रहेका छन् ।

यसैबीच बुढाथोकीको इन्स्टाग्राममा २० लाख फ्यान फलोइङ पुगेका छन्। उनले २० लाख फलोअर्स पुगेकोमा खुसी व्यक्त गरेकी छन्। उनले एउटा भिडियो पनि शेयर गरेकी छिन् । यिनै नायिका अदितीले नेपाली फिल्महरुमा आफ्नो अभिनय कौशलता प्रस्तुत गरिसकेकी छिन् । उनले नेपालमा नायक अनमोल केसीसँग ‘कृ’ चलचित्रमा काम गरेकी थिइन्। त्यसपछि उनले ‘बाबरी’ चलचित्रमा अनुबन्धित भएकी थिइन्।