अमिताभ बच्चनको शिरमा ढाकाटोपी, लाखौ नेपालीले गरे प्रशंसा

एजेन्सी- बलिउड अभिनेता अमिताभ बच्चनको एउटा तस्विरहले बलिउडमा हंगामा मच्चाएको छ । उक्त तस्विरमा अमिताभले नेपाली ढाकाटोपी शिरमा लगाएका छन् । उनले यो तस्विर आफ्नो इन्स्टाग्राममा शेयर गर्दे क्याप्सनमा ‘केटीको केटीको’ भनेर लेखेका छन् । जुन तस्विर यति बेला निकै भाइरल भएको छ ।

मुहारमा मुस्कानका साथ देखिएका अमिताभले पहिलो पटक ढाकाटोपी शिरमा लगाएर तस्विर शेयर गरेपछि लाखौ नेपालीले उनको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् । तर उनले यो टोपी के कारणले लगाएका हुन् भन्ने खुल्न आएको छैन् । त्यस्तै उनको फिल्मको कुरा गर्ने हो भने शुक्रबारबाट रिलिज भएको चलचित्र ‘झुण्ड’मा अभिनय गरेका छन् ।

प्रर्दशन भएको पहिलो दिन फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन्। पहिलो दिन यस फिल्मले १ करोड ५० लाख भारतीय रुपैयाँको आम्दानी गरेको छ।