कस्ताे छ आजकाे माैसम ?

काठमाडाैं, २३ फागुन -हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन छ ।

राति गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।