सोमबार यस्तो गर्नुस्, भोलेनाथको कृपा तपाइँ माथी हुनेछ ?

सोमबारलाई शिवजीको बार मानिन्छ । कुनैपनि कार्य गर्नको लागि सोमबार शुभ मानिन्छ । ज्योतिषको अनुसार, सोमबार भगवान शिव शंकरको लागि सबैभन्दा महत्वपुर्ण दिन हो ।सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ । सोमबार जमिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने गर्दछन् । सोमबार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ ।

कष्ट हटाउन यसो गर्नुहोस्: १. शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ । २. मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।३. चामल, दूध, चाँदी दान गर्नुहोस् । ४. चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ । ५. खीर खानु पनि शुभ हुन्छ ।६. जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् । ७. चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।८. मोक्ष प्राप्तिको लागी तीर्थ जलले अभिषेक गर्नुहोस् । ९. धनधान्य आदिको लागी मधुले अभिषेक गर्नुहोस् । १०. लक्ष्मी प्राप्तिको लागी उखुको रसले अभिषेक गर्नुहोस् ।

यसैगरी मङ्गलबारको दिन मङ्गल ग्रहलाई समर्पित गरिएको हुन्छ । मङ्गलबारको दिन सौर्यको सबैभन्दा नजिकको ग्रह मानिने ग्रह पनि मङ्गल नै हो । मङ्गल ग्रहलाई ज्ञान बुद्धि, विवेक र आर्थिक सम्पन्नताको रुपमा समेत लिने गरिएको छ । त्यसैले मङ्गलबारको दिन भगवान गणेशको पुजा आरधनाले जीन्दगीभरि फल प्राप्त गर्न सकिने भएकाले भक्तजनहरुको लागि मङ्गलबारको दिन गणेशको पुजा गर्नु राम्रो मानिन्छ ।

विशेष गरेर मंगलबारको दिन भगवानको पूजा आरधना गर्ने चलन रहेको छ । तर मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले मंगल ग्रहको प्रभावलाई जोगाउनको लागि बुधबारको दिन पनि भगवान गणेशेको पुजा गर्ने प्रचलन रहेको छ । त्यसैले गणेशको पूजा गर्न आवश्यक पर्ने सामाग्रीको बारेमा बताउन गइरहेका छौँ ।१.यदि तपाई गणेश भगवानको पूजा गरेर खुसी बनाउन चाहनुहुन्छ भने बिहानै उठेर नुहाएर सफा कपडा लगाएर मन्दिरमा गएर विभिवत रुपमा गणेशको पूजाआज गर्नुपर्नेछ । सख्खर सहित अन्य १२ किसिमका परिकार चढाएर गणेशको पूजा गर्नुपर्नेछ ।

२.यदि तपाईले भगवान गणेशको लागि पूजा आज गर्दा पनि सोचेजस्तो फल प्राप्त गर्न सक्नुभएको छैन् भने बुधबारको दिन गणेशलाई घ्यू अपर्ण गर्नु जरुरी हुन्छ । घ्यू अर्पण गर्दा गणेश भगवान प्रसन्न हुने भएकाले भविष्यमा सोचेभन्दा राम्रो फल प्राप्त हुनेछ । यदि तपाईले पूजा गरेर घ्यू अपर्ण गर्नुभएन भने तपाईले गरेको कार्य अपूर्ण रहनेछ ।३.यदि भगवान गणेशको कृपाबाट प्रसन्न हुन चाहनुहुन्छ भने पूजा गर्दा गणेशलाई सख्खरबाट बनेका परिकारहरु गणेशलाई चढाउनुपर्नेछ ।

विधिवत रुपमा ब्रत बसी भगवान गणेशको पूजा गरेर गणेशलाई मकैको भोग लगाउनुहोस् जसले तपाईंको घरमा अन्न र धन कहिल्यै कमि हुने छैन् । गणेशको पूजा गर्दा अखण्डित चामल मात्र चढाउनुहोस् । अन्यथा गणेशलाई स्वीकार्य हुने छैन् ।४.बुधबार गाणेशको ब्रत बसी मुगको दाल दान गर्दा जीवनमा सम्पूर्ण दुख कष्ट नष्ट भएर जानेछ । उक्त दिन मङ्गल ग्रहलाई प्रसन्न बनाउनको लागि भगवती दुर्गाको पूजा गर्नु जरुरी हुन्छ ।

मंगलबारको दिन भुलेर पनि गर्न नहुने पाँच काम: मंगलबार को दिन कस्ता कस्ता कामहरू गर्न हुदैन?यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुने काम तल उल्लेख छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने मंगलबारको दिन गर्न नहुने ५ काम: १. मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ । २.मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।३. मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ । ४. मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ । ५. मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ । यो पनि :-

घर निर्माण गर्दा वास्तुको ध्यान राख्न निकै आवश्यक हुने गर्दछ। हामीले जुन ठाउँमा घरका सामान राख्ने गर्दछौँ, त्यसको असर हाम्रो जीवनमा पर्ने गर्दछ।वास्तु शास्त्रमा सबैभन्दा अशुभ दिशा दक्षिणलाई बताइएको छ। भन्ने गरिन्छ, यस दिशामा केही चिज राख्ने गल्ती नगर्नु पर्दछ। यस्तो गर्दा घरका सदस्यले समस्याको सामना गर्नु पर्ने हुन्छ।आउनुहोस् जानौँ यस्ता वास्तुका बारेमा:घरको दक्षिण दिशामा कहिलै पनि घडी नराख्नुहोस्।

किनकी यसलाई कालको दिशा मानिने गरिन्छ। घरको दक्षिण दिशामा घडी राख्दा घरको मुख्य व्यक्ति बिरामी हुने शास्त्रका उल्लेख छ।घरको दक्षिण दिशामा फ्रिज नराख्नुहोस् ।किनकी घरको दक्षिण दिशाले अग्नि तत्वको प्रतिनिधित्व गर्ने गर्दछ।घरको दक्षिण दिशामा त्यो चिज नराख्नुहोस्। जसमा तपाईले पैसा राख्ने गर्नुहुन्छ। यस दिशामा पैसा राख्दा आर्थिक संकटको सामना गर्नु पर्ने हुन्छ।वास्तु शास्त्रका अनुसार घरको दक्षिण दिशामा ऐक्वरियम राख्नु अशुभ मानिने गरिन्छ। यसो गर्दा पनि आर्थिक संकट पर्ने गर्दछ।

यसैगरी हरेक मानिसको आफ्नै शक्ति हुन्छ, जुन आफ्नै वरिपरि रहने र हामीद्धारा प्रयोग गरिएको वस्तुलाई पनि प्रभावित गर्छ । यस्तो अवस्थामा अरुको चिज प्रयोग गर्नु आफ्नो लागि दुर्भाग्य र आर्थिक समस्याको कारण बन्न सक्छ । यदि कुनै पनि व्यक्तिले अरुको चीज आफ्नो साथमा राख्छ भने उसको सारा नकारात्मक–सकारात्मक शक्ति ऊसँगै जान्छ, जसले लियो । के–के हुन् ति चिज ?

कलम: तपाईलाई याद छ, साथीलाई कति ओटा कलम मागेर फर्काउनु नै भएन ? यस्तै धेरै हुन्छ , कि कसैको कलम सापट लिएर फिर्ता दिनै भुलिन्छ । तपाईका लागि यस्तो नगर्नु राम्रो हुन्छ । आर्थिक समस्याको कारण बन्न सक्छ । त्यसैले भूलेर पनि कसैको कलम आफ्नो साथमा नराख्नुहोस् । रुमाल: अन्य व्यक्तिको रुमाल प्रयोग गर्नु दुई व्यक्तिबीच तनाव वा झगडाको कारण बन्छ । अरुको रुमाल प्रयोग गर्दा लगातार पैसाको नोक्सानको सामना गर्नु पर्ने हुनसक्छ ।

घडी: हातमा लगाइने घडीले व्यक्तिमा राम्रो अथवा नराम्रो शक्तिलाई सार्छ । दोस्रोको घडी लगाएमा काममा असफलता तथा आर्थिक नोक्सान हुनसक्ने हुन्छ । ओछ्यान: कुनै दोस्रो व्यक्तिको ओछ्यानमा सुत्नु पनि वास्तु दोष मानिन्छ । यसो गर्नाले सुत्ने व्यक्तिसँग सधै झगडा वा अन्य धनलाई लिएर समस्या बेहोर्नु पर्छ भनिन्छ । धन: कसैको धनमा आँखा लगाउनु वा सापटी लिएर फिर्ता नदिने गर्नु मानिसका लागि आर्थिक समस्याको कारण बन्नसक्छ । त्यसैले, कसैको सापट लिएपछि अवश्य फर्काउनुहोस् ।

कपडा: अर्कोको कपडा मागेर प्रयोग गर्नु पनि तपाईका लागि धेरै किसिमका समस्या र दुखहरुको कारण बन्न सक्छ । त्यसैले अरुको कपडा मागेर नलगाउनुहोस् । यसैगरी मानिसहरुको स्वभावले एक अर्काको जीवन नर्क बनाउँछ । राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्क समान हुन्छ ।

हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्येसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् स्त्रीहरुको ५ स्वभावको बारे:- नमिठो वचन बोल्ने: वचनको वाण निकै घातक हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।

कचकचे र रुञ्चे: सामान्य कुरामा पनि किचकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् । हस्तक्षेपकारी स्वभाव: कुनै-कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो