संसद अवरोधका कारण सत्ता गठवन्धनमै मतभेद

काठमाडौं २२ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुक अर्लि इलेक्शनमा जाने भन्ने कुरा आफुलाई थाहा नभएको बताएका छन् ।

पुरै अवधि सम्म गठवन्धन सरकार रहने बताएका उनले संसदको अवधि समाप्त भएपछि मात्र चुनाव हुने बताएका छन् ।

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आइतबार एमाले अध्यक्ष केपी ओलीका वितण्डा धेरै भएको भन्दै संसद विघटन गरी निर्वाचनमा जान भनेको विषयलाई लिएर यति बेला राजनीतिक क्षेत्र तातेको छ ।

त्यसैगरी नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताएका छन् । गठवन्धन बिचमा नै संसदलाई निरन्तर दिने या विघटन गर्ने विषयमा मतभेद भएको स्पष्ट देखिएको छ ।

संसद अवरोधका कारण सत्ता गठवन्धनमै मतभेद हुँदा कोहि विघटन गर्नुपर्छ भनी लागेका छन् , भने कोहि अर्लि इलेक्शनको सम्भावना नभएको बताउँदै आएका छन् ।