पल शाह घटनामा जथाभावी बोल्नेहरु पनि समस्यामा पर्दै : महिला नेता र सांसदले गृहमन्त्रीसंग राखे कारवाहीको माग

काठमाडौ । अभिनेता पल शाह पक्राउ परेपछि अहिले सामाजिक सञ्जाल हेरिनसक्नु भएको छ । किशोरी माथि नै अनेक लाच्छना लगाउँदै अभियब्यक्तिहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पलका समर्थकहरु जिल्ला प्रहरी कार्यालय तनहुँको गेटमा नारावाजी गर्न पुगेका छन् । यस्तो अवस्थामा अनुसन्धानमा बाधा पुग्ने गतिविधि रोक्न माग राख्दै महिला सांसद तथा नेतृहरुले गृहमन्त्रीलाई भेट्ने भएका छन् ।

पीडित बालिकालाई थप पीडा हुनेगरी भइरहेका गतिविधिबारे गृहमन्त्रीको ध्यानकर्षण गर्न लागिएको सांसद विन्दा पाण्डेले बताएकी छन् । सामाजिक सञ्जालमा किशोरी प्रति लक्षित गरेर निकै नराम्रा सामग्री सार्वजनिक भइरहेका छन् । पल प्रकरणमा अहिले पीडितलाई नै आक्षेप लाग्ने गरि कानुनको उलंघन भइरहेको महिला नेताहरुको भनाई छ । उनीहरुले त्यस्ता अभिब्यक्ति दिनेहरुलाई कारवाही गर्न माग गरेका छन् ।

ुकानुनको उल्लंघन गर्ने काम भइराखेको छ। यसबारेमा मिडिया लगायत नागरिकलाई पनि सचेत गराउने काम गर्नुपर्‍यो। पीडितलाई नै पीडा हुनेगरि बोल्न भएन। बालिकाको नामै लिने, नारा जुलुस गर्ने जस्ता कुरा छन्। पल शाह प्रकरणमा कानुनको उल्लंघन गर्नेलाई मतियारको रुपमा कारवाहीको दायरामा ल्याउनुपर्ने महिला सांसदहरुको भनाई छ ।

नायक पल शाहले आफूलाई जबरजस्ती कर णी गरेको भन्दै एक बालिकाले उजुरी दर्ता गरेपछि अहिले अनुसन्धान भइरहेको छ। शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइरहेको छ।

पीडित बालिकालाई नै पीडा पुग्नेगरी सामाजिक सञ्जाल र युट्युवमा सामाग्रीहरु प्रसारण भइरहेका छन्। जसकारण गृहमन्त्त्रालय र प्रेस काउन्सीलले अनुसन्धानलाई प्रभाव पार्नेमाथि कारवाही हुने जनाउँदै सूचना जारी गरेको थियो।