नाबालिकको बारे सोचौं, कानुन बुझेर बोलौँ

काठमाडौं ।

अभिनेता पल शाहले एक नाबालिकलाई ज’ब’र्ज’स्ति क’र’णी ग’रे’को प्रकरणमा विभिन्न कलाकारले आफ्नो भनाइ राखिरहेको बेला पूर्वमिस नेपाल शृंखला खतिवडाले पलको पक्षमा बोलिरहेकाहरूलाई जवाफ दिएकी छन  ।

इनस्टाग्राम स्टोरीमार्फत उहाँले एक वयस्क व्यक्तिले नाबालिग माथि यौ’ न स’म्ब’न्ध राख्नु कानुनविपरीत रहेको भन्दै अपराधीको पक्षमा नबोल्न आग्रह गरेकी हुन्  ।

‘मलाई अझै विश्वास लागिरहेको छैन कि मानिसले एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका आरोपितलाई समर्थन गरिरहेका छन् । त्यो सम्बन्धले किशोरीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने तपार्ईंले कल्पना गर्न सक्नुहुन्छ ? हो उनी जताततै अन्तर्वार्तामा देखिएकी छन् । तर यसको मतलब यी सबै कुरा बुझ्न उनी परिपक्व भएकी छैनन् ।’

यो घटनाबाट नेपालीहरूमा चेतनाको निकै कमी भएको बताएकी छिन् । नाबालिगसँगको यौ’न स’म्ब’न्धबारे बनेका कानुनबारे बुझ्नसमेत उहाँले अनुरोध गर्नुभएको छ । ‘उसले यस्तै चाहन्थिइन भन्नुहुन्छ भने तपाइँ पीडकलाई साथ दिँदै हुनुहुन्छ ।

यदि नाबालिगले नै यसो गर्न चाहेकी हुन् भने ‘हुन्न’ भन्ने वयस्कको काम हो । किनभने निर्णय लिनेमा उमेरले पीडित सानी छिन् । जबकी शाह उनीभन्दा धेरै उमेरका थिए’ शृंखलाले लेखेकी छिन  ।

यो घटनाबाट सम्पूर्ण नेपालीहरूले पाठ सिक्न जरुरी रहेको उहाँको तर्क छ । उनले अगाडी भनेकी छिन , ‘अहिले पनि धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका जीवनसाथीसँग यौ’न स’म्बन्ध स्थापित गरिरहेका छन् जसले उनीहरूको जीवनमा गहिरो घाउ बनाइदिएको हुन्छ । त्यसैले यस्ता कानुन बनाइएको हो । यस्ता कानुनले नाबालिग ‘किशोर किशोरी’लाई फाइदा उठाउन खोज्नेहरूबाट बचाउन्छ ।’

अभिनेता पल शाहविरुद्ध एक नाबालिग गायिकाले उजुरी दिएपछि जिल्ला अदालतले सात दिनको म्याद थपेसँगै पल यतिबेला तँनहु जिल्ला प्रहरी हिसासतमा छन ।