चलचित्र ‘म यस्तो गीत गाउँछु २’ चलाउन कै लागि पूजाले दर्शक सामु रोएको आरोप

काठमाडौं । प्रहरी हिरासतमा बसेर न्याय पाउने अपेक्षामा छन् अभिनेता पल शाह । पलविरुद्ध एक नाबालिक गायिकाले दिएको उजुरीसँगै अहिले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको छ ।

तनहुँ जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि अहिले प्रहरीले सो प्रकरणमा अनुसन्धान जारी राखेका बेला त्यसलाई प्रभावित पार्ने खालका गतिविधि भइरहेका छन् ।

यसैबिच सैयौँको संख्यामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका युट्युबर र कथित अधिकारकर्मीहरुले अनुसनधानलाई प्रभावित पार्ने काम गरिरहेका छन् । यसैबिच आफ्नो फिल्म चलाएर नायिका पूजा शर्मा पनि यतिबेला तनहुँ पुगेकी छिन् ।

पल शाहको नाममा दर्शकलाई ‘इमोशनल कार्ड’ फ्याकेर फिल्म ‘म यस्तो गीत गाउँछु २’ चलाउन दौडधुपमा रहेकी पूजा पल शाहको फोटो अंकित टिसर्ट लगाएर रुँदै९कराउँदै हल – हलमा पुग्छिन् त कहिले पलविना आफू अधुरो रहेको भन्दै दर्शकलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गरिरहेकी छिन् ।

उनले पललाई हतगडी लगाएको भन्दै रोएको दृश्यहरु पनि भाइरल बनेका छन् । पूजाले अभियुक्त पलको पक्षमा बयान दिँदै पलले कपडा च्या’तिदिने, ज’बर्ज’स्ती गरेको जस्तो मलाई लाग्दैन ।

किनकि, पल त्यस्तो क्यारेक्टरको मान्छे होइन ।’ भन्ने लगायतका अभिव्यक्ति दिएपछि उनी थप विबादमा तानिउकी छिन् । उनले पलमाथि लागेको आरोपपछि आफूले कर णीको परिभाषा नै नबुझेको समेत उनले बताएकी छन् ।

आफ्नो हिरोको पक्षमा बोल्दै उनले दोषी सावित नभइ र कलाकार भएको नाताले हतकडी लगाउन नमिल्ने, हिरासतमै भएपनि फिल्म हेर्न दिनुपर्ने, पल र नाबालिगबीचको विवाद आफूले पनि मिलाउन खोजेको जस्ता अभिव्यक्तिले पूजा माथि एउटा सुसुचित समुह खनिएको छ । पललाई भेट्न हिरासतमा पुगेकी पूजाले त्यहाँ पनि फिल्मकै कुरा गरेको बताएकी थिइन् ।