पल प्रकरण, आखिर किन दिइन् रेखा थापाले प्रहरीमा उजुरी ?

काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापाले आफ्नो च रित्र ह त्या भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी छिन् । अभिनेत्री थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अभिनेत्री थापाले आफूसहित ऋचा शर्मा लगायत नायिकाहरुलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिइएको बताइन् ।एक गायिकाको विषयमा आफ्नो धारणा राखे लगत्तै रेखाविरुद्ध युट्युब र सामाजिक संजालमा गालीको वर्षा भएपछि रेखाले विद्युतीय माध्यममार्फत आफ्नो मानमर्दन र गाली बे इज्ज ती गरेको उल्लेख गर्दै रेखाले युट्युबरविरूद्ध निवेदन दिएकी हुन्।