के अब पल शाह ‘२ नम्बरी’ मा अटाउलान् त ?

काठमाडौं- फिल्म ‘२ नम्बरी’ को छायांकन फेरि सुरु हुने भएको छ । फिल्मको छायांकन १ चैत्रबाट सुरु हुने भएको छ । पहिलो चरणको कोरोना महा मारीको कारण रोकिएको फिल्म अहिले आएर फेरि सुरु हुन लागेको हो । काठमाडौंबाट सुरु भएको फिल्मको छायांकन पोखरामा पुगेर रोकिएको थियो ।

फिल्ममा कलाकार जयनन्द लामाको निधन भएको र कलाकार पल शाह बला त्का रको आरोपमा प्रहरी हिरासतमा रहेकोले निर्माण युनिटले केही कलाकार परिवर्तन गर्न लागेको बताइएको छ । ‘पल शाहमाथि लागेको आरोपमा फैसला भए अनुसार पल रहने नरहने बताइएको छ ।

जयनन्द लामाको ठाउँमा भने अर्को कलाकार राखिने निर्माता करिण नेपालीले बताए ।फिल्ममा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत लगायतको मुख्य भूमिका रहनेछ ।