पल शाहलाई थप चुनौती स्वास्थ्य परीक्षणमा नाबालिकको क’न्या जा’ली च्या’ति’ए’को पुष्टि

यतिखेर नायक पल शाह तनहुँ प्रहरी कार्यालयको हिरासतमा छन् । प्रहरीले पीडित बालीकाको स्वास्थ्य परीक्षण पनि गरिसकेको छ। स्वास्थ्य परीक्षणमा नाबालिकको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आएको छ। यो प्रमाणले आरोपी विरुद्ध दुवै प्रमाण बलियो रहेको प्रहरीको भनाइ छ।

यसैगरी बालयौन दुराचारको आरोपमा हिरासतमा रहेका पलले बलात्कार गरिएकी भनिएकी युवती नाबालिक रहेको प्रमाण फेला परेको छ। पल शाहले बलात्कार गरेको आरोप लागेको पीडित नाबालिग रहेको प्रहरीको भनाइ छ। प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा युवतीको जन्म मिति २०६२ साउन रहेको खुलेको छ।

प्रहरीले सात दिनको अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा घटनास्थलको मुचुल्का, बयान लगायतको प्रक्रिया जारी रहेको अनुसन्धानस्रोतले बतायो। प्रहरीले प्रमाण बुझ्ने काम समेत जारी राखेको छ।