यसकारण र यसरी पल शाह कारबाहीबाट बच्ने सम्भावना हुन सक्छ ?

काठमाडौं :

नाबालिग (१८ वर्षमुनिको) गायिकालाई कर णी गरेको अभियोगमा अभिनेता पल शाह हिरासतमा पुगेको घटना अहिले चर्चामा छ। यसले नेपाली समाजमा यस बारेमा बहस तीव्र पारेको छ।

योसँगै ब’ला’त्का’रसम्बन्धी कानुनमा कस्तो सजायको व्यवस्था छ भन्ने कुरामा पनि यतिबेला सबैको ध्यान तानिएको छ। सम्भवतः पल प्रकरणले धेरैलाई थाहा नभएको ब’ला’त्का’रको कानुनी परिभाषा जानकारी भइरहेको छ।

नामै ज’बर्ज’स्ती कर णी अर्थात् ब’ला’त्का’र। यसलाई सोझो र सामान्य ढंगले बुझ्दा कसैसँग ज’र्बज’स्ती, ब’लज’फ्ती यौ न स’म्प’र्क गर्नु नै ब’ला’त्का’र हो भन्ने लाग्छ। अर्थात् सहमतिमा गरिने सबै यौ’ ‘न स’म्प’र्क ब’ला’त्का’र होइन भन्ने आम बुझाइ छ।
जब अभिनेता पल शाह ब’ला’त्का’र अभियोगमा पक्राउ परे, तब ब’ला’त्का’रबारे कानुनमा जे लेखिएको छ, त्यसले धेरैलाई अचम्म लागेको हुनुपर्छ।

यसैकारण पल समर्थकहरू उनले ब’ला’त्का’र गरेको मान्न तयार छैनन् र उनी निर्दाेष साबित हुने जिकिर गरिरहेका छन्।

त्यसो त पल स्वयंले आफूविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ब’ला’त्का’र अभियोगको उजुरी परेको केही दिनपछि फेसबुकमार्फत आफूलाई फसाउन षडयन्त्र गरिएको अडिओ ‘प्रमाण’ सार्वजनिक गरे। जुन अडिओमा उनीविरुद्ध ‘पीडित’लाई आफ्नै साथीभाइले ‘उचालेको’ कुराहरू सुनिन्छ।

यी ‘प्रमाण’ले अर्थात् पलले शा’री’रि’क स’म्ब’न्ध नै गरेको भए पनि ‘सहमतिमै भएको’ पुष्टि भयो भने चाहिँ उनी कानुनी सजायबाट बच्छन्?

कानुन भन्छ– कुनै हालतमा बच्दैनन्। किनभने कानुनमा प्रस्टसँग लेखिएको छ– १८ वर्षभन्दा कम उमेरकासँग शा’री’रि’क स’म्ब’न्ध राख्नु आफैंमा ब’ला’त्का’र हो। अर्थात् उनकै राजीखुसीमा सम्बन्ध गरिए पनि त्यो कानुनको दायरामा पुगेपछि ब’ला’त्का’र ठहरिन्छ। यसमा कुनै ‘प्रमाण’ले काम गर्दैन।

यसैले कानुनी रूपमा सर्सती हेर्दा पल शाह र उजुरीकर्ता गायिकाबीच शा’री’रि’क स’म्ब’न्ध भएको पुष्टि भएका खण्डमा अभिनेता पल कानुनी कारबाहीबाट जोगिने कुनै बाटो देखिँदैन।

त्यसो भए अब उनी सजायबाट बच्ने कुनै उपाय नै छैन त?

यस्तो ठोकुवा गर्न पनि मिल्दैन। किनकि अहिले उनीविरुद्ध आरोप मात्र लागेको हो। त्यो आरोप अदालतले कसुरका रूपमा प्रमाणित नगर्दासम्म उनी ‘ब’ला’त्का’री’ ठहरिँदैनन्। यसर्थ अनुसन्धानका क्रममा पल शाहले ती किशोरीसँग यौ’ ‘न स’म्प’र्क गरेका रहेनछन् भने उनी कारबाहीबाट बच्ने सम्भावना हुन सक्छ।

अर्काे कुरा पीडित किशोरी नाबालिग अर्थात् १८ वर्षभन्दा कम उमेरकी होइनन् भन्ने प्रमाण पेस भयो भने अनि उनीसँग सहमतिमै

स’म्बन्ध गरिएको पुष्टि भयो भने अभिनेता पल कानुनी कारबाहीबाट जोगिन सक्ने सम्भावना हुन्छ।

सजायबाट बच्ने अन्तिम बाटो भनेको पीडितले अदालतमा आफ्नो बयान बदलिन् भने।

तर घटना भएको र पछि विभिन्न प्रभावमा परेर पीडितलाई बयान बदल्न मन लाग्यो भने पनि निकै अप्ठेरो अवस्था छ। किनभने यस्तो मुद्दामा बयान फेर्दा झुटो उजुरी गरेको भन्दै पीडितलाई नै कारबाही हुन सक्छ।

कि पल शाहलाई अनुकूल हुनेगरी अहिलेको ब’ला’त्का’रसम्बन्धी कानुन नै सं’शोधन गरिनुपर्छ। अन्यथा जुन अभियोगमा उनी समातिएका छन्, त्यसबाट उम्किने सम्भावना एकदमै कम देखिन्छ।

यद्यपि यसको अन्तिम किनारा भने अनुसन्धान र अदालतले नै लगाउनेछन्। नेपाल खबर बाट