‘ये रिश्ता क्या कहलाता हे’मा अभिनय गरेर चर्चामा आएकी हिना खानको निकै रहनसहन छ जिन्दगी, साडी मात्रै लगाउछिन् एक लाख भन्दा बढिको

एजेन्सी भारतिय चर्चित टिभी सिरियल ये रिश्ता क्या कहलाता’बाट चर्चामा आएकी नायिका हुन् हिना खान । सिरियलमा अक्षरा को रुपमा देखिएकी उनले स्टार प्लसको अन्य धारावाहिक सपना बाबुल का‘बिदाई, चाँद छुपा बादल में र मास्टरशेफ इंडिया कुकिंग शो ३ मा अतिथिको भूमिकामा देखा परेकी थिइन। सिरियलबाट नै करिब ८ वर्ष यो शोको हिस्सा भएपछि शो जिंदगीको सीजन २ मा हिना कोमोलिका रोलमा देखिएकी थिइन्।

हरेक सिरियलमा शान्त र सालिन देखिने उनी रियल लाइफमा भने निकै हट छिन् । कान्स २०१९ मा रेड कार्पेटमा वाक गरेर सबैलाई चकित पारेकी उनी आफ्नो हट तस्विर इन्स्टाग्राममा शेयर गरेर पुनं एक पटक चर्चामा आएकी छन् ।

सामाजिक संजालमा सामाजिक संजालमा उनले पछिल्लो समय साडी लगाएका तस्विर सार्वजनिक गरेकी छन् । तस्विरमा उनी नकै सुन्दर देखिएकी छन् ।उनले लगाएको साडीको मूल्य एक लाख ७५ हजार रहेको छ । साडीको डिजाइन अमित अग्रवालले गरेका थिए ।