बलिउडकी हट नायिका उर्फी जावेद ब्याकलेस ब्लाउज संगै प्रिन्टेड साडीमा, आँखा पहिला भन्दा फरक देखिनुको कारण यस्तो रहेछ

बलिउडकी हट नायिका उर्फी जाबेदले हरेक पटक अफ्ना फ्यानहरुलाई मोहित बनाउने गर्छिन् । उनको ड्रेसअप हरेक दिन फरह हुने गर्दछ । उर्फी आफ्ना फ्यानहरूलाई आफुतिर आकर्षित गरिरहन चाहान्छिन् । कहिले भित्री वस्त्र नै नलगाई त कहिले गोप्य अंग समेत देखाउने गरिको फेशन गर्ने उर्फीले यस पटक भने सबैलाई अचम्मित पारेकी छिन् ।

उनको नयाँ लुकमा उर्फी जावेद पनि साडीमा तहल्ला मच्चाउन सफल भएकी छिन् । सारीलाई कसरी बोल्ड लुक दिने भन्ने उर्फी जावेद भन्दा राम्रो कसले जान्न सक्छ र ? उर्फी आफ्नो नयाँ भिडियोमा पनि सेक्सी देखिएकी छिन् । अभिनेत्रीले प्रिन्टेड साडीसँगै हल्का नीलो रंगको ब्याकलेस ब्लाउज लगाएकी छिन् । उनको ब्लाउजको अगाडि कटआउट डिजाइन पनि छ ।

फ्यानहरूले उर्फीको यो लुकबाट आँखा हटाउन असमर्थ छन् । सारीसँगै उर्फीले आफ्नो मेकअपलाई पनि विशेष ख्याल राखेकी छिन् । गाढा रंगको लिपस्टिक लगाएर अभिनेत्रीले आफ्नो लुकलाई हाइलाइट गरेकी छिन् । आँखामा गाजल, आइलाइनर र मस्कारा लगाएर उर्फीले यसपटक आफ्नो आँखालाई फरक बनाएकी छिन् । उर्फीले आफ्नो मेकअपमा सबैभन्दा बढी ब्लशर र हाइलाइटर प्रयोग गरेकी छिन् । त्यसैले उनको अनुहार एकदमै चम्किलो देखिएको छ ।

भिडियोमा सारी लगाएकी उर्फी र्या म्प वाक गरिरहेको देखिन्छ । भिडियोमा उर्फीको एक्सप्रेशन र उनको स्टाइलले फ्यानलाई पागल बनाएको छ । अधिकांश ट्रोलर्सको निशाना बनेकी उर्फी जावेदको यो नयाँ लुकलाई उनका फ्यानहरुले पनि मन पराइरहेका छन् । उर्फीको भिडियोमा फ्यानहरूले ब्युटिफुल , वाउ अवेशम , मनमोहक सुन्दरी लेखेर आफ्नो प्रतिक्रिया दिइरहेका छन्। साँच्चै नै उर्फी यस लुकमा साँच्चै सुन्दर देखिन्छिन् ।