शिवरात्रि कै दिनबाट यस्तो काम थालिन शिल्पा शेट्टीले

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले चलचित्र ‘सुखी’ को छायांकनमा जुटेकी छन् । चलचित्रको शिवरात्रिको अवसर पारेर मंगलबारबाट छायांकन थालिएको हो । ‘शेरनी’, ‘छोरी’ र ‘जलसा’ लगायतका समीक्षकबाट तारिफ पाएका चलचित्रका निर्माता भुषणकुमार र अबुदन्तिया इन्टरटेनमेन्टले संयुक्त रुपमा बनाउन लागेको यो चलचित्र निर्माणमा टिसिरिजसमेत जोडिएको जनाइएको छ ।

सोनल जोशीले निर्देशन गर्ने यो चलचित्र रोमान्टिक विषय बन्न लागेको निर्माण पक्षले बताएको छ ।सौर्य दैनिकमा खबर छ । जोशीले यसै चलचित्रबाट निर्देशनमा हात हाल्दै छन् । अभिनेत्री शिल्पाको प्रमुख भूमिका रहने चलचित्रको छायांकन पञ्जाबबाट सुरु गरिएको छ । चलचित्रको निर्माता भुषणकुमार, कृष्णकुमार, विक्रम मल्होत्रा र शिखा शर्मा रहेका छन् ।