केही प्रतिशत छायांकन सुरु भएर रोकिएको चलचित्र २ नम्बरी लाई ठुलै आपत, नायक पल शाह हिरासतमा, जयनन्द लामाको निधन , अब कसरी पुरा होला फिल्म ?

अभिनेता पल शाह एक नाबालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा छन् । उनी बाहिर निस्कने या ननिस्कने हुन् त्यसको टुंगो लागेको छैन । पछिल्लो समय निक्कै ब्यस्त देखिएका पल यतिबेला जेलको चिसो छिडिमा छन् । उनले साइन गरेका तथा अभिनय गरेका अधुरा केही फिल्महरु भने अन्यौलमा रहेका छन् ।

तर यसैक्रममा पल शाह नायकको रुपमा रहेको दुई वर्षअघि छायांकन सुरु भएर रोकिएको चलचित्र ‘२ नम्बरी’ ले भने छायांकन सुरु गर्ने जनाएको छ । उक्त फिल्म टिमले पल शाह बिना नै चैत १ गतेदेखि पुनः छायाँकन गर्ने भएको हो । पलको ठाउँमा कस्लाई राखेर छाँयाकन गरिने भन्ने निर्माण पक्षले जनाएको छैन ।

चलचित्रको निर्माणपक्ष छायांकन स्थलको खोजीका लागि निस्किएको छ ।निर्माता किरण नेपालीका अनुसार अहिले चलचित्रको टिम पोखराभन्दा केही माथिको गाउँ ल्याङ्ग्रीमा लोकेसन हन्ट गरिरहेको छ । उसो त यो चलचित्र दुई वर्षअघि केही प्रतिशत छायांकन सुरु भएर कोरोनाका कारण रोकिएको थियो । अब अगाडी गरेको छाँयाकनलाई माया मार्दै सुरुवात देखी नै छाँयाकन गर्ने निर्माण पक्षको तयारी रहेको छ ।

पल शाह मात्र हैन यस फिल्ममा अभिनय गरेका जयनन्द लामाको पनि केही दिन अघि निधन भएकोले उनको ठाउँमा कस्लाई राखेर छाँयाकन गरिने भनेर तनावमा रहेको छ । यो चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत, भुटानी अभिनेत्री उगेन छोदन र जयनन्द लामाको मुख्य भूमिका रहेको थियो । तर अब कलाकार केही परिवर्तन हुने किरणले जानकारी दिए