चलचित्र पुष्पा फेम अभिनेत्री रश्मिका मन्डन्नाको स्पोर्टी र एथनिक लुक्स हेर्नुभयो ? हेर्नुहोस् यस्तो छ

पुष्पा फेम अभिनेत्री रश्मिका मन्डन्ना राष्ट्रिय क्रस बनेकी छिन् । रश्मिका मन्डन्नाले आफ्नो उत्कृष्ट अभिनयले करोडौंको मनमा आफ्नो स्थान बनाएकी छिन् । रश्मिकाको डेब्यू हिन्दी फिल्म ‘मिशन मजनु’ थियो । तर व्यस्त समयतालिकामा पनि अभिनेत्री आफ्ना फ्यानसँग तस्विरको माध्यमबाट सम्पर्कमा रहने गरेकि छिन् ।

रश्मिका मन्डन्नाको परम्परागत लुकसँगै स्पोर्टी र एथनिक लुक पनि निकै आकर्षक छ । अभिनेत्रीलाई हेरेर उनी कत्तिको फिट छिन् भन्ने अनुमान लगाउन सकिन्छ । रश्मिका मन्डनाको स्पोर्टी स्टाइल तपाईंले पहिले देख्नु भएको छैन होला। उनको स्पोर्टी र एथनिक लुक देखेर रश्मिका मन्डन्नालाई चिन्न गाह्रो भइरहेको छ । उनका यी तस्विरहरू हेरेर उनको सुन्दरताको अनुमान लगाउन सकिन्छ ।

तेलुगु अभिनेत्री र डियर कम्रेड फेम रश्मिका मन्डन्ना कसरत पोजमा आश्चर्यजनक देखिन्छिन् । रश्मिका मन्डनाको तस्विर हेरेर उनको सुन्दरताको रहस्य थाहा पाउन सकिन्छ । उनको सुन्दरताको रहस्य फिटनेस हो। रश्मिका मन्डन्नाले आफूलाई फिट राख्नको लागि दैनिक केही घण्टा जिम गर्छिन् । रश्मिका मन्डन्नाको मुस्कानका लाखौं मानिस पागल छन् । चलचित्र ‘पुष्पाः द राइज’ बाट नायिकाले निकै चर्चा कमाएकी छिन् ।

रश्मिका चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । फ्यानहरु पनि उनलाई बलिउड फिल्ममा हेर्न चाहन्छन् । रश्मिकाको वर्कफ्रन्टको कुरा गर्ने हो भने, उनी हालै अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ मा देखिएकी थिइन् । यो फिल्ममा रश्मिकालाई निकै मन पराइएको छ । यो फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । अब छिट्टै उनी ‘मिशन मजनु’ मा देखिदैछिन् ।