गुमनाम बन्दै राजा विरेन्द्र र रानी एश्वर्याबाट सम्मान थापेकि प्रथम महिला रिक्सा चालक फूलमाया धिमाल

उनी फूलमाया धिमाल, नेपालको पहिलो महिला रिक्सा चालक । कुरा हो २०५३ साल फाल्गुन २ गते को जब फूलमाया धिमालले विरतामोडको सडकमा रिक्सा लिएर निक्लीन । समाजले बलको काम पुरुषलाई जिम्मा लगाएपनि फूलमाया भने त्यो पुरुषप्रदान समाज भित्र पर्थीनन् । उनलाई हेरेर थुक्नेहरुको कमि थिएन तरपनि गरीबिले छ्याप्पै छोपेको बाध्यताले छोराछोरीको हात मुख जोड्न भएपनि उनले रिक्साको हेण्डल समाउनै पर्ने थियो किनकि उनको साथमा श्रीमान थिएनन् ।

महिलाले चलाएको रिक्सामा कोहि नचढ्ने भनेर मान्छेहरु तर्किन्थे त्यसैले पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई झापा आउँदा सबैलाई देखाउन बाराना तिरेर उनको रिक्सामा ओहोर दोहोर गरे । उनले चलाएको रिक्साको खबर यत्र तत्र सर्वत्र हुँदै समाचार र प्रेरणाको विषय बन्दै गयो । तसर्थ तत्कालिन प्रधानमन्त्री गीरीजा प्रसाद कोईरालाको सहयोगमा अमेरीका ब्रुनाई ईराक साउदि जसता देशहरुको भ्रमण गर्ने अवसर उनलाई जुट्यो । उनको जिवनलाई संघर्स र दुःख कहिल्यो छाडेन काठमाण्डैमा दिशा सोर्ने काम गरेको कहानीपनि उनीसंग जिउँदै छ ।

प्रथम महिला रिक्सा चालक भएको हिसाबले तत्कालिन राजा विरेन्द्र र रानी एश्वर्यालाई समेत भेट्ने मैका उनलाई जुय्रो । ईतिहाँसमा सुनौलो नाम लेखीएकि फूलमायाले आज दिनभरी होटलमा भाँडा माझेर छाक टार्नु पर्ने बाध्यता बनेको छ । पालेका छोराछोरीहरु उनलाई छाडेर गईसकेपछि उनी आज एक्लिएकि छिन् । कसले सहयोग गर्छ र मिठो खान पाउँछु भनेर भाडाको घरमा उनि दिन पर्खी रहेकि छिन् । सुत्ने खाट छैन न ओछ्याउने राम्रो डसना छ न नै ओड्ने सिरक ।

अभाववै अभावमा बितीरहेको छ उनको जिन्दगी । बुढेसकालले झ्याप्पै अंगालो हालेपनि मागेर नल्याए सम्म उनको छाक टर्दैन । उनको अनुहार ३२ मुजाले ढाकि सकेको छ । शरीर कम्जोरीले सुकि सकेको छ । त्यति बेलाको बलवान महिला आज आएर धेरैलाई हात फिजाउनु परेको देख्दा दुःख लाग्छ । सकेको सहयोग गर्नुहोला ।