एमालेले सभामुख सापकोटामाथि महाभियोग लगाउने सम्म चेतावनी दिएपछि प्रचण्ड पुगे बालुवाटार

काठमाडौं १८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दिएको जानकारी देउवा र प्रचण्ड बिच भएको भेटलाई अर्थपुर्ण मानिएको छ ।

प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोग लगाउने सम्म चेतावनी दिएका पछि प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रचण्डको सिफारिसमा सापकोटा सभामुख बनेका हुन् ।