आ-आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था आउँछ : प्रवक्ता महत

काठमाडौं १८ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आउँदो स्थानीय तह निवार्चनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् ।

नेता महतले अहिले सम्म पनि निवार्चन गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइनसकेको बताएका छन् ।

उनले भनेका छन् , ‘स्थानीय आवश्यकताहरूलाई ध्यानमा राखेर कतिपय ठाउँमा समझदारीहरू हुन सक्दछ, कतिपय ठाउँहरूमा दलहरूले आफ्नो ढंगले गर्ने अवस्था पनि छ ।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रवक्ता महतले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने समेत जनाएका छन् ।

आ-आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था आएको उनका भनाइ रहेको छ ।