दीपकराज गिरी भन्छन् : एउटासँग प्रेम छ, अर्कोसँग रिस!

काठमाडौं। एक नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा नायक पल शाह प्रहरी हिरासतमा छन्। नाबालिगले दिएको जाहेरीका आधारमा शाह प्रहरी हिरासतमा पुगेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो प्रकरणलाई लिएर व्यापक बहस भइरहेको छ। कानुनी प्रक्रियामा गइसकेको विषयमा मान्छेहरूले सञ्जालदेखि सडकसम्म अनावश्यक बहस गरिरहेका छन्। कतिपयले पीडककै पक्ष लिएर पीडित नाबालिग गायिकामाथि थप आहत दिने काम समेत गरेका छन्।

यसबारे कलाकार दीपकराज गिरीको टिप्पणी छ, ‘गल्ली-गल्लीमा न्यायालय, घर घरमा न्यायाधीश।’ उनले कुनै घटना वा सन्दर्भ उल्लेख त गरेका छैनन्। तर, उनको टिप्पणीबाट बुझ्न सकिन्छ पल शाहका पक्षमा अनावश्यक बहस गरिरहेकामाथि उनले व्य‌ंग्य गरेका छन्।

उनले थप लेखेका छन्, ‘यो चाहिँ दोषी हो । त्यो चाहिँ ठीक ! एउटासँग प्रेम छ, अर्कोसँग रिस।’