दर्शकसँग बसेर चलचित्र हेर्ने पल शाहको इच्छा पूरा होला ? निर्देशक सुदर्शन थापा यसो भन्छन्

काठमाडौ । नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन ।

पल शाह तनहुँ प्रहरीको हिरासतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ । यसै गरी नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् ।

उनि पक्राउ पर्नुअघि जारी गरेको भिडियो सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए । उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु ।

प्रहरीले एकपटक यो मौका मिलाइदेवस ।’ ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन् । यसै गरी सागर थापाले पनि आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा