पीडित पक्षमा उभिन थाले नायिकाहरु

काठमाडौँ – देशमा एमसीसी र नायक पल शाह प्र करण लगभग एकै समयमा चर्कियो । सोमवार संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही समय मिडिया र सामाजिक सञ्जाल तात्ने देखिन्छ ।

फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबर्जस्ती करणीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आत्मसमर्पण गरे ।

तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।

तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् । कति ती नाबालिग गायिकामाथि समेत खनिएका छन् । हेन्रुस –

यो पनि :-

यहि आरोपमा प्रहरी हिरासतमा रहेका नायक पल शाहका समर्थकले काठमाडौंको अनामनगरमा विरोध प्रदर्शनको तयारी गरेका छन्।पलले आफूविरुद्ध षडयन्त्र भयो भनेर सार्वजनिक भएका सामग्री राखेपछि समर्थकले उनको पक्षमा र्‍याली निकाल्ने तयारी गरेका हुन्।

आफूविरुद्ध उजुरी परेको चौथो दिन अभिनेता पल शाह तनहुँ प्रहरीमा पुगेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँमा आफूविरुद्ध जाहेरी परेको चौथो दिन आइतबार आ’त्मस’मर्पण गर्न पुगेका पललाई जिल्ला अदालतले सात दिन न्यायिक हिरासतमा राख्न आदेश दियो।

पल अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा छन्। उनलाई भेट्न युट्युबमा समाजसेवी कहलिएका पुण्य गौतमदेखि सांगीतिक क्षेत्रका कलाकार तनहुँ पुगेका छन्।

गायक तथा संगीतकार योगेश काजीलाई भने उजुरी उपर बयानका लागि प्रहरीले बोलाएको छ। योगेश बयानका लागि तनहुँ प्रहरी कार्यालय पुगेका छन्।