वास्तुशास्त्र अनुसार यस्तो गर्नुहोस् घरमा कहिले धनको कमि हुने छैन

बास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ । यदि घरमा बास्तु मिल्ने हो भने त्यो घरमा अशान्ति र दुख कहिल्यै हुदैँन । बास्तुले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने गर्दछ । घरमा नराम्रो उर्जा पैदा गर्ने विभिन्न कारक तत्वहरुलाई बास्तुले निष्किृय तुल्याउँछ त्यसैले घरमा बास्तुलाई मिलाउनु अत्यन्तै जरुरी छ ।

यी ७ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः१. घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ । २. घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।३. घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ । ४. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर-दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।

५. घरमा परिवारको तस्विर राख्दा दक्षिण-पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।६.भान्सामा आ-गो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।७. घरमा सरसफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।

यसैगरी हिन्दु धर्मअनुसार पूजाआज गर्दा सुरुमा नै बत्ती बाल्ने चलन रहेको छ । हरेक पूजा आज गर्नु पूर्व दियोमा बत्ती बाल्नु शुभ मानिन्छ । यसरी दियो बाल्नाले घरमा शान्ति मिल्नुको साथै दुख कष्ट छुटकारा हुने विश्वास रहेको छ । यसरी दियो बाल्नुको धार्मिक र बौद्धिक दुवै कारणहरु हरेका छन् ।हेर्नुहोस् यस्तो छ धार्मिक कारण : पूजामा दियो बाल्नुको बिशेष महत्व रहेको छ । यसरी दियो बाल्नुको अर्थ जीवन भएको अन्धकार हटाइ ज्ञानको ज्योति ल्याउनु रहेको छ । अझ भन्ने हो भने आरती गर्दा घ्यूमा बत्ति बाल्दा सुख र सम्पति मिल्ने विश्वास गरिएको छ । हरेक दिन यसरी दयो बाल्नाले घरमा लक्ष्मीको बास हुने धार्मिक विशेषता रहेको छ ।

पूजाआजा गर्दा सुरुमा नै दियो बाल्नुको यस्तो छ कारण : यदि गाईको घ्यूमा बत्ती बाल्नाले घरवरपरको वातावरणलाई शुद्ध बनाउँछ । घ्यूउमा जीवाणुलाई मार्न सक्ने गुण भएको कारण घ्यूको प्रयोग गर्नु राम्रो हुनेछ । पूजा नभएपनि दियो बाल्नु शुभ हुने बैज्ञानिक अनुसन्धानमा देखिएको छ । दियो बाल्दा जप्नुपर्ने मन्त्र दीपज्योति : परब्रह्म : दीपज्योति : जनार्दन : । दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।
शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां। शत्रुवृद्धि विनाशं च दीपज्योति : नमोस्तुति।।

हरेक दिन दियो बाल्दा ध्यान दिनुपर्ने कुराहरु : घरमा दियो बाल्दा पूर्व दिशातिर फर्काएर बाल्नाले आयु बढ्छ भने दियो पश्चिम फर्काएर बाल्नाले दु ख बढ्छ भन्ने विश्वास रहेको छ । दियो बालेर दक्षिण तिर फर्काएर राख्नाले धनजनको हानी भएकाले दियोको मुख भाग सधै पुर्व फर्काएर बाल्नुपर्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

हरेक दिन दियो बाल्दा ध्यान दिनुपर्ने कुराहरु : घरमा दियो बाल्दा पूर्व दिशातिर फर्काएर बाल्नाले आयु बढ्छ भने दियो पश्चिम फर्काएर बाल्नाले दु ख बढ्छ भन्ने विश्वास रहेको छ । दियो बालेर दक्षिण तिर फर्काएर राख्नाले धनजनको हानी भएकाले दियोको मुख भाग सधै पुर्व फर्काएर बाल्नुपर्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । यो पनि :- मंगमाल यस्तो गर्नुनुहोस् हुन्छ फलिफाप

शास्त्रअनुसार सबैभन्दा चाँडै प्रसन्न हुने देवताका रुपमा हनुमानजीलाई लिइन्छ । मंगलबार हनुमानजीको जन्म भएको र यो दिन हनुमानजीको विशेष पूजा–अर्चना गरे सर्वश्रेष्ठ फल प्राप्ति हुने विश्वास गरिन्छ ।हनुमानजीलाई प्रसन्न पार्न सकेको खण्डमा सवै कार्यसिद्धि हुने विश्वास गरिन्छ । भगवान श्रीरामका परम भक्त हनुमानजीको पूजामा केही विशेष कुरामा ध्यान दिनुपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

मंगलबारको दिन हनुमानजीको पूजा–पाठ गर्ने व्यक्तिलाई सफलता, शौभाग्य मिल्नुका साथै मांगलिक दोष तथा क्रोध नियन्त्रण जस्ता दुष्प्रभावबाट मुक्ति मिल्नेछ । यस्तै जीवनको सबै मनोकांक्षा पूरा हुने शास्त्रमा उल्लेख छ ।हनुमानजीलाई प्रसन्न गर्न हनुमान चालिसाको पाठ वा सुन्दरकाण्डको पाठ गर्नु उत्तम हुनेछ । बिहान हनुमानजीको प्रसादको रुपमा गुड, नरिवल, लड्डु चढाउनु पर्छ ।हनुमानजीको पूजा गर्ने व्यक्तिले ब्रह्मचर्यको पालना गर्न आवश्यक हुन्छ । सफासग्घर रहनुका साथै फोहोरी कुराबाट टाढा रहनु पर्दछ । शरीर तथा मनलाई पनि सँधै शुद्ध राख्नु पर्दछ ।

पूजामा रातो वा पहेलो रंगको फूल विशेष रुपमा चढाउनु पर्छ । यस्ता फूलमा कमल, गुलाब आदिको विशेष महत्व रहन्छ ।मंगलबार यस्ता काम गर्नुहोस्: मंगलबार अवश्य राम मन्दिर जानुहोस् । मंगलबार हनुमानजीको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ ।एउटा धागोमा खुर्सानी माथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले नकरात्मक कामहरुलाई समाप्त पार्ने गर्छ ।

मंगलबार बेलुका हनुमान जीलाई गुलाब चढाउनुहोस् । यसले जीवनमा रहेका समस्या समाधान गर्छ ।मंगलबार जहिले पनि रामस्तोत्र पढ्ने गर्नुहोस् जसले गर्दा शुभ कामको थालनी गर्दा फलदायी हुने वातावरण निर्माण गर्छ ।शुद्ध ध्यु वा तेलको बत्ती बाल्नुहोस् र मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसले तपाईको मनकामना पुर्ण गर्ने विश्वास मानिन्छ ।मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । जो सुत्दा डराउने बच्चा छन् त्यस्तो समस्या समाधान हुन्छ ।

यसैगरी वर्तमानको विषयमा फलादेश गर्छ ।शास्त्रमा विश्वास गर्ने हो भने मानिसको जन्मबारले पनि उसको दैनिक जीवनमा प्रभाव पारिरहेको हुन्छ । शास्त्र अनुसार कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा उसका लागि श्रीवृद्धि हुन्छ भन्ने विषयमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।आइतबार: आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यिनीहरुको २२ वर्ष पछि सफलताको बाटो खुल्ने शास्त्रले बताउँछ ।धन लाभ गर्ने अवसर पाउने छन्। आइतबारका दिन जन्मिएका व्यक्तिहरुले मार्केटिंग तथा व्यवस्थापन क्षेत्रमा आफ्नो राम्रो छाप छोड्न सफल हुने भएकाले यिनीहरुले व्यापारमा ठूलो सफलता हासिल गर्न सक्छन।

सोमबार : सोमबार जन्मिने व्यक्तिको जीवनमा सुख-दुःख बराबर जस्तै हुन्छ । किनभने उनीहरुको ग्रह दशामा बलिया ग्रह र कमजोर ग्रहको बराबरी प्रभाव पर्ने जनाइन्छ । सोमबार जन्मिने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुन्छन् । यस दिन जन्मेका व्यक्तिहरुका लागि कृषि, बैंकिङ, चिकित्सा शिक्षा र निर्माण क्षेत्र उपयुक्त हुने शास्त्रले जनाउँछ।मंगलबार:मंगलबार जन्म भएका व्यक्तिहरु निकै भाग्यशाली र धनवान हुने गर्छन। तर यस दिन जन्मेका महिलाहरु भने निकै कठोर प्रकृतिका हुने गर्छन्।मंगलबार जन्म भएकाहरुका मिडिया र राजनीतिको क्षेत्र राम्रो छवि बनाउँन सक्छन् । यी क्षेत्रमा उनीहरुले आफ्नो राम्रो नाम र छाप राख्न सफल हुने भएकाले उनीहरुका लागि यही काम उपयुक्त हुने शास्त्रले जनाउँछ ।

बुधबार : यस दिन जन्मेका व्यक्तिहरु धर्म कर्ममा साथै आफ्नो काममा निकै चासो दिने भएकाले प्रशस्त धन सम्पति संचित गर्ने अवसर मिल्नेछ। बुधबार जन्मेका व्यक्तिहरुलाई व्यवस्थापन, अध्यापन, र राजनीतिको क्षेत्र राम्रो मानिन्छ । यिनीहरुले यस क्षेत्रबाट सजिलै आफ्नो भविष्य उज्जवल बनाउन सक्छन्।बिहीबार: यस दिन जन्मिने मानिसहरु निकै विद्वान र पराक्रमी हुने गर्छन। बिहीबार जन्मेका व्यक्तिहरुलाई जुनसुकै पेश गर्दा पनि राम्रो हुने देखिन्छ तर हरेक कार्यमा संयमता भने अपनाउनुपर्ने हुन्छ । विशेष गरेर यी व्यक्तिका लागि शिक्षण पेशा फलदायी मानिने गर्छ।

शुक्रबार : यस दिन जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ। शुक्र ग्रहको प्रभाव स्वरुप उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुने गर्छन। शुक्रबार जन्मेका व्यक्तिहरुका लागि डाक्ट र, नर्स, मनोविज्ञान, शिक्षण तथा लेखन क्षेत्र उत्तम मानिन्छ।शनिबार : शनिबार जन्म भएका प्राय: व्यक्तिहरु अर्काको नोकरी भन्दा पनि आफ्नै व्यापार व्यवसाय गर्न रुचाउने हुन्छन् । यिनीहरुको बाल्यकाल केही कष्टपूर्ण हुने भएपनि त्यसपश्चातको पुरै जीवन खुशी र सुखी बित्नेछ। यस दिन जन्म भएका व्यक्तिहरुलाई शिक्षा र घर जग्गाको क्षेत्रमा राम्रो हुने र अधिक धन लाभ गर्ने अवसर मिल्नेछ। यिनीहरु कलाकारिताको क्षेत्रमा पनि आफ्नो राम्रो पहिचान उच्च बनाउन सक्षम हुनेछन् ।