रेखेको आक्रोश : कति पटक यौ-न सं-पर्क भयो सोध्ने ?

काठमाडौं-

चर्चित अभिनेत्री रेखा थापाले २० वर्षमुनिका छोरीहरू बालिका भएकाले उनीहरूको संरक्षण गरिनुपर्ने बताएकी छिन्। एकजना नाबालिग गायिका र अभिनेताबीचको सम्बन्धको विवाद प्रहरीसम्म पुगेको अवस्थामा थापाले सामाजिक सञ्जाल आफ्ना भनाइ राख्दै यसो भनेकी हुन्।

‘२० वर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्’ उनले भनेकी छन्, ‘समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो।’ उनले बालिकाको कोसँग प्रेम र कति पटक यौ’नस-म्पर्क जस्ता नैतिकतावादी कुरालाई कानुनले मतलब राख्न नहुने बताइन्। ‘को सँग लभ छ? कतिपटक यौ’न सं’पर्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन’ थापाको भनाइ छ।

समाजमा आडम्बर व्याप्त रहेको भन्दै उनले केटी मान्छेलाई विश्वभर कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त रहेको उल्लेख गरेकी छन्। नेपाली पितृसत्तात्मक समाजबारे पनि उनले टिप्पणी गरेकी छन्। ‘समाजमा भएको आडम्बर, नैतिक मापदण्ड र महिलाहरूलाई हिलो छ्याप्ने चलन लज्जाजनक हो’, उनले भनेकी छन्।​