आफ्नै गृह जिल्लामा पलका समर्थकद्वारा लखेटिए दुर्गेश थापा, पल शाह हाइ हाइ हेर्नुस दुर्गेशलाई बहिस्कार

तनहुँ — जबर्जस्ती करणीको आरोप लागेका कलाकार पल शाह (पूर्णर्विक्रम) लाई प्रहरीले हिरासतमा लिएको छ । एक किशोरीका बाबुले कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएको पाँच दिनपछि शाह पक्राउ परेका हुन् ।

काठमाडौंबाट शाह निजी गाडीमा आइतबार दिउँसो दमौली पुगेका थिए । आफैं प्रहरी कार्यालयमा उपस्थित भएका शाहलाई लगत्तै ३:३० बजे जिल्ला अदालतमा उपस्थित गराइएको डीएसपी युवराज खड्काले बताए । मुद्दा कारबाहीमा अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ ।

उनलाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । जाहेरी परेपछि प्रहरीले शाहविरुद्ध पक्राउ पुर्जी जारी गर्दै देशभरका युनिटमा खबर गरेको थियो । लुकेर बसेका शाहले आफूलाई तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेको देखाइदिन काठमाडौंमा सहयोग मागेको सुरक्षा स्रोतले जनाएको छ । हेन्रुस –