आगामी निर्वाचनमा भाग लिन ८० दलले निवेदन दिए

काठमाडौं १६ फागुन । यही वैशाख ३० गते हुने स्थानीत तह निर्वाचनको लागि ८० दलले निर्वाचनमा आयोगमा निवेदन दिएका छन् ।

आगामी निर्वाचनमा भाग लिनको लागि ८० दलले निवेदन दिएको आयोगले बताएको छ । एक सय १० वटा राजीतिक दलमध्ये ८० वटा दलले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन निवेदन दिएको हो ।

दल दर्ता गर्नेमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी लगायत दलहरु रहेका छन् ।