संसदबाट एमसीसी पास भए लगत्तै रामकुमारी झाँक्रीको प्रतिक्रिया ‘म खोक्रो राष्ट्रवादको नसामा छैन’

काठमाडौं १६ फागुन । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफु खाक्रो राष्ट्रवादको नसामा नभएको बताएकी छन् । आइतबार संसद बैठकमा अमेरिकी परियोजना एमसीसी बहुमतले पारित भएपछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो बताएकी हुन् ।

‘तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला। पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उद्देश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो।’ उनले भनीन् ।

आफु एक देशभक्त नागरिक भएकाले हरेक प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा आफु सामेल हुने बताएकी छन् ।

सरकारमा बसेर सरकारको निणर्य विपरित काम गर्न नहुने भन्दै आएकी मन्त्री झाक्री माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीकी नत्रृ हुन् ।

उनले भनेकी छन्, ‘तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला। पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उद्देश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो। म खोक्रो राष्ट्रवादको नसामा छैन। तर म एक देश भक्त नागरीक हुँ।यो सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल छु।’