माओवादी केन्द्र भित्र विद्रोह सुरु; जनप्रतिनिधिद्वारा राजीनामा

कञ्चनपुर, १५ फागुन ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेका छन् ।

उनले भोलि बिहान १० बजे जनतासँग माफी मागेर वडाध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट नेकपा माओवादी केन्द्रले पनि राष्ट्रघाती एमसीसी सम्झौता पारितमा विभिन्न

बहानामा सहयोग गरेकोले आजैबाट माओवादी केन्द्रको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधीनता रक्षाको लडाइँमा आफ्नो अमूल्य जीवन समर्पित गर्ने सङ्कल्प गर्दछु ।

साथै देश बेच्नेहरूको वडाध्यक्ष पदबाट भोलि १० बजे जनतासित माफी मागेर राजीनामा गर्ने घोषणा गर्दछु ।’