जसलाई पनि हुन सक्छ स्तन क्यान्सर, यस्ता उपाय अपनाए क्यान्सरले गाँच्जु अघि नै बच्न सकिन्छ

काठमाडौँ – स्तन क्यान्सर एक गम्भीर समस्या हो । यो समस्या पश्चिमी देशका महिलामा बढी मात्रामा देखिएको छ । एक अध्ययनअनुसार औसत ४७ वर्षको उमेरमा स्तन क्यान्सर हुने गरेको छ । स्तन क्यान्सर के कारणले हुन्छ, कसरी सावधानी अपनाउने आदि कुराको जानकारी लिएमा यस्तो समस्याबाट बच्न पनि सकिन्छ ।

लक्षण
स्तन दुख्नु
स्तनमा गाँठा देखिनु ।
स्तनको आकार असामान्य रूपले वृद्धि हुनु ।
स्तनको मुन्टादेखि रगत आउनु ।
स्तनमा गिर्खा फेला पर्नु ।
स्तनको छालाको रङ परिवर्तन हुनु ।
स्तनको मुन्टो भित्र गाडिनु ।
स्तनमा भएको कुनै पनि प्रकारको घाउ लामो समयसम्म निको नहुनु ।

प्लस टिप्स
यो आवश्यक छ कि ३० वर्षको उमेरसँगै प्रत्येक महिलाले महिनावारीपछि आफ्ना स्तनको जाँच स्वयं गर्नुहोस् ।

४० वर्षको उमेरपछि प्रत्येक महिलाले वर्षको एकपटक चिकित्सकसँग जाँच गराउनुपर्छ ।

वर्षमा एकपटक हरेकजसो महिलाले स्तनको एक्सरे गराउँदा राम्रो हुन्छ ।

स्तनमा चामलको दानाजस्तै सूक्ष्म क्यान्सरग्रस्त भाग पत्ता लाग्न सक्छ । नयाँ पत्रिकाबाटवेलैमा होसियारी अपनाउन सके पूरै स्तन निकाल्न जरुरी पर्दैन । यो अवस्था पत्ता लगाउन सके ९० देखि ९५ प्रतिशत महिलाको सफल उपचार हुन सक्छ ।

स्तनमा नयाँ वा असामान्य गिर्खा, डल्लाहरू छन् कि छैनन् भनी थाहा पाउन २० वर्ष पुगिसकेका महिलाले आफैँले आफ्ना स्तन राम्ररी छामेर पत्ता लगाउन सकिन्छ । यो सरल एवं व्यावहारिक तरिका पनि हो ।