संसदमा सिंहझै गर्जिएका गगनलाई रिसको झोकमा के भने एमाले नेता भिम रावलले

काठमाडौं १५ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रघाती एमसीसी भन्दै आएका एमाले नेता भीम रावललाई चुनौती दिएका छन् ।

भीम रावल उपप्रधानमन्त्री हुँदा नै एक अर्ब १३ करोड लिने मन्त्रिपरिषद्ले निणर्य गरेको बताएका थापाले रावललाई आफु बहस गर्न तयार भएको भन्दै अछाममा बहस गर्ने कि काठमाडौंमा, सडकमा गर्नेगरी संसद्‍मा भन्दै चुनौती दिएका छन् ।

एमसीसीका हरेक दफा र धारा राष्ट्रिय ति विपरित भएको भन्दै रावलले संसद भवनमा भनेपछि थापाले कसरी राष्ट्रिय हित विपरीत रहेको र त्यसले कसरी राष्ट्रियता र स्वाधिनतामा आघात पुग्छ भन्नेबारे जवाफ दिन भएको भन्दै अर्को चुनौती दिएका छन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा जी र उहाँका सल्लाहकारहरू आउनुस् मलाई आधा घण्टा समय दिनुस्। एमसीसीको मूल सम्झौता, कार्यान्वयन सम्झौता र त्यसका धारा दफाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र स्वाधिनतामा कसरी आघात पुर्‍याउँछन् म प्रमाणित गरिदिन्छू। के मलाई समय दिइन्छ?, रावलले आक्रोशित हुँदै भने ।

थापालाई लक्षित गर्दे रावलले को विद्वान र को सल्लाहकार आएका छन् आफुले प्रत्येक धारा र दफा ल्याएको भन्दै उनले भने, ‘मलाई थाहा छ जसले हतारमा राष्टंरियताको यति गम्भीर विषयलाई पास गर्न खोज्दै छ यही नै राष्ट्रिय हित विपरीत छ।’